पदस्थापना तथा पदहस्तान्तरण समारोह
2020-01-28 /     11:29:00pm - 04:02:00pm    
Location : होटेल सनसिटी क्षत्रपुर Organized By : JCI Narayangarh Lady


२०७६माघ १०गते तदनुसार 24 january 2020का दिन नारायणगढ लेडि जेसिजको पदस्थापना तथा पदहस्तन्तरण समारोह 2019 को शाखा अध्यक्ष जेसि निरु कार्की ज्युको सभापतित्वमा सप्पन्न भएको थियो। उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली काग्रेसका केन्द्रीय सदस्य ने.बि संघका पुर्ब केन्द्रिय अध्यक्ष श्री गोबिन्द भट्टराई ज्यु , विशिष्ट अतिथि नेपाल जेसिजका पुर्ब राष्ट्रिय अध्यक्ष सिनेटर दिनेश कोइराला ज्यु ,निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि राम बाहादुर बोगटी ,राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसि गकुल सापकोटा ज्यु रहनुभएको थियोे ।साथै अतिथिहरु नेपाल जेसिजका पुर्ब पदाधिकारीहरु समाजसेवी ,छिमेकी शाखा बाट पाल्नु भएका शाखा अध्यक्ष ज्युहरु प्रतिनिधि ज्युहरु रहनु भएको थियो।उक्त कार्यक्रममा बर्ष 2019 को शाखा अध्यक्ष जेसि निरु कार्की ज्युले बर्ष 2020 को शाखा अध्यक्ष जेसि सकिला परियार ज्युलाइ पद तथा गोपनियता सपथ साथै गलाको चेन माला हस्तान्तरण गर्नुभएको थियो ।यस कार्यक्रमको संयोजक जेसि सुस्मिता श्रेष्ठ ज्यु रहनु भएको थियो। उक्त कार्यक्रमको संचालन श्री नितु मनन्धर ज्युले गर्नुभएको थियो।

JCI Events Archive