रक्तदान कार्यक्रम
2020-06-14 / 2020-06-14     02:30:00pm - 04:30:00pm    
Location : ब्लड बैंक घोराही १५ Organized By : JCI Dang Lady


आज मिति २०७७-०२-३२आइतबार परेको विश्व रक्तदान दिवसको अवसरमा  जेसीआइ दाङ महिला ले पनि रक्तदान कार्यक्रमको आयोजना गरेर विश्व रक्तदान दिवस मनाएको थियो  । नेपाल रेडक्रस सेसाईटीद्धारा सञ्चालित रक्त सञ्चार केन्द्र घोराहीमा रक्तदान गरेर जेसीआइ दाङ महिला ले दिवस मनाएको हो ।जेसीआइ दाङलेडि २०२०का  अध्यक्ष जेसी जीवा भुषालको अध्यक्षता तथा ब्लड बैंकका प्रबन्धक दिलिप न्यौपानेको प्रमुख आतिथ्यता र जेेेेसिआइ दाङलेडि का पुर्ब  अध्यक्ष जेसीआइ सुुुुशील पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रम संयोजक सिन्धु रिजालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम मा 
 ११ जनाले रक्तदान गरेका थियौ  । विष्णु अधिकारी, मधुसुदन पाण्डे, देपका खनाल, किरण थापा, महेन्द्र आचार्य, ममता विष्ट, सुशिला पौडेल, जुनु बुढा, विमला देवकोटा, मिना जिएम र संगीता गिरीले रक्तदान गर्नुभएको थियो भने कार्यक्रममा जेसी ममता  विष्टले जेसीज आस्था पाठ गराउनु भएको थियो भने कार्यक्रमको सहजीकरण संगीता गिरीले गर्नुभएको थियो ।

JCI Events Archive