कविता प्रतियोगीता
2020-06-14 / 2020-06-14     01:00:00am - 03:30:00am    
Location : नेपाल Organized By : JCI Kohalpur


मिति इ.स अनुसार जुन 14 बिश्व रक्तदाता दिवसको अवसरको उपलक्ष्यमा कोहलपुर जेसीज, ब्लड अन रिक्वयस्ट नेपाल र दुर्लभ रक्तसमुदाय, द्वार आयोजना गरिएको रक्तदान जिवनदान नामक कविता प्रतियोगितामा देशै भरी बाट २० जना जतिको सहभागी रहेको थियो। सम्पुर्ण कविता हरु zoom application मार्फत भर्चुअल रुपमा गरिएको थियो।

कविताको निर्णायक तर्फ मध्य पश्चिम् बिश्व बिधालयको सह प्राध्यापक र पुर्णिमा साहित्यि प्रतिस्ठान को सचिव पुष्कर रिजाल, पुर्णिमा साहित्यि प्रतिस्ठान आख्यान बिभागको सचिव सुमित्रा न्यौपाने र साहित्य कलाका अब्बल अग्रज धनकुटे कान्छा रहनु भएको थियो। भर्चुअल माध्यमबाट भएको उक्त कार्यक्रममा सहभागीले आ आफ्नो कविता बाचन गर्नु भएको थियो। उक्त कार्यक्रममा निर्णायकहरुको निर्णय बमोजिन प्रथम स्थानमा पर्वत का तारानाथ पराजुली, दोस्रो स्थानमा कोहलपुरकि कृतिका आचार्य, तेस्रो स्थानमा चितवन भरतपुर कि भगवती सापकोटा र सान्त्वना स्थानमा कोहलपुरकै विवेक राना हुनु भयको थियो

JCI Events Archive