रामग्राम जेसीजद्वारा रक्तसञ्चार प्राविधिक सहित दश जना रक्तदातालाई सम्मान
2020-06-14 / 2020-06-14     08:00:00am - 12:30:00pm    
Location : परासी Organized By : JCI Ramgram


कार्यक्रमः धेरै पटक रक्तदान गर्ने रक्तदातालाई सम्मान
आयोजकः रामग्राम जेसीज वर्ष २०२०
स्थानः नेपाल रेडक्रस सासाईटी जिल्ला शाखा परिसर
मितिः २०७७ जेष्ठ ३२ गते
उद्देश्यः विश्व रक्तदाता दिवसको अवसरमा मानवीय जीवन रक्षाका लागि रक्तदान मार्फत योगदान गर्नु भएका रक्तदाताहरुलाई प्रोत्साहन र थप हौसलाका लागि सम्मान । साथै कोरोना भाईरसको जोखिम नियन्त्रणका लागि सुरक्षाका उपाय अपनाउन सम्मान पाउने व्यक्तिहरुलाई केएन ९५ मास्क र सेनिटाईजर पनि प्रदान गरिएको
सम्मान पाउने रक्तदाताः ६५ पटक रक्तदान गर्नु भएका मनोहर दाहाल, ३५ पटक रक्तदान गर्नु भएका योगेन्द्र हरिजन र दिनेश सुवेदी, ३३ पटक रक्तदान गर्नु भएका राजकुमार रेश्मी र लक्ष्मण सुवेदी, ३१ पटक रक्तदान गर्नु भएका नगेन्द्र गुप्ता, २० पटक रक्तदान गर्नु भएका सुरज पाण्डे, महिला तर्फ १९ पटक रक्तदान गर्ने विजया शर्मा, तेस्रो लिंगी समलिंगीबाट ८ पटक रक्तदान गर्नु भएकी पुष्पा लामा र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाकी रक्त सञ्चार प्राविधिक उर्मिला चौधरी
अध्यक्षताः जेसी सन्दीप अग्रहरी, शाखा अध्यक्ष
प्रंमुखअतिथिः श्री राजेन्द्र अग्रहरी, जिल्ला सभापति, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नवलपरासी
वक्ताः नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल, पूर्व राष्ट्रिय उपाध्यक्ष यम कुमारी सुवेदी, रामग्राम जेसीजका पूर्व अध्यक्ष एवं रामग्राम–३ का कार्य बाहक वडाध्यक्ष सुरज पाण्डे,
सञ्चालकः रामग्राम जेसीजका महासचिव चन्द्रमणी चौधरी
कार्यक्रम संयोजकः कार्यकारी उपाध्यक्ष सदन पौडेल

JCI Events Archive