Multi chapter Yoga Program
2020-07-02 /     06:00:00am - 08:00:00am    
Location : Online Organized By : JCI Siddhartha Lady


२०७७/०२/२४ देखि २०७७/०३/०३ सन्चालन योगा कार्यक्रम ,नेपाल जेसीज अन्तर्गत चार क्षेत्र क,ख,ग र घ गरि प्रत्येक क्षेत्रबाट ४/४ शाखाहरुको सहकार्यमा सन्चालन भएको बाह्रदिने अनलाईन योगा कार्यक्रमको आज छैठो दिनको योगा कार्यक्रम " जेसीआई सिद्धार्थ लेडी "को प्राणगण बाट सन्चालन गरि सम्पन्न गरियो ।              
            आज कार्यक्रमको छैठो दिन ,आयोजक शाखामध्येको शाखा जेसीआई सिद्धार्थ लेडीका डाईनामिक अध्यक्ष जेसी तुलसा भुषाल पाण्डे ज्यूले कार्यक्रमक सञ्चालन गर्नुभएको थियो ।
    उक्त कार्यक्रममा जेसीआई कपनका पूर्व अध्यक्ष एवं आदरणीय योग गुरु श्री दुर्गादेव सुवेदी ज्यूले प्रमुख प्रशिक्षक एवं योग गुरु श्री ललित शंकर योगि ज्युको विशेष उपस्थिति र आदरणीय व्यक्तित्व ,समाजसेवी , सफल व्यवसायी , उधोगी श्री नारायण अग्रवाल ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
                उक्त कार्यक्रममा जेसीआई सिद्धार्थ लेडीका पुर्वअध्यक्ष ज्युहरु,सल्लाहकार ज्युहरु , बोर्डका कार्यसमितिका सदस्य ज्युहरु र साधारण सदस्य ज्युहरु, नेपाल जेसीजका राष्ट्रीय पदाधिकारी ज्यूहरु,आयोजक शाखा हरुका शाखाअध्यक्षज्यूहरु, अन्य शाखाका अध्यक्ष ज्युहरु,महासचिव ज्युहरु,पूर्व अध्यक्ष ज्यूहरु एवं नेपाल भरि छरिएर रहनु भएका आदरणीय जेसीज महानुभावहरु गरि १३८ जनाको उत्साहजनक उपस्थिति रहेको थियो ।
धन्यवाद, जय जेसीज ????????
        

JCI Events Archive