७ दिने व्यवस्थापन तथा उद्घोषण क्षमता अभिवृद्धी तालिम समापन , प्रमाणपत्र बितरण कार्यक्रम
2020-07-01 / 2020-07-08     03:00:00pm - 05:04:00pm    
Location : साथी श्रम प्रशिक्षण केन्द्र सानेपा Organized By : JCI Kathmandu Lady



७ दिने व्यवस्थापन तथा उद्घोषण क्षमता अभिवृद्धी तालिम समापन , प्रमाणपत्र बितरण कार्यक्रम

जेसीआई काठमाडौं लेडी ‘सप्ताहब्यापी कार्यक्रम’ अन्तर्गत को पहिलो कार्यक्रमको रुपमा मिति २०७७-३-१७ देखि २०७७-३-२४ गते सम्म ,७ दिने व्यवस्थापन तथा उद्घोषण क्षमता अभिबृद्धि तालिम सम्पन्न गरेको हो।उक्त कार्यक्रम साथी श्रम प्रशिक्षण केन्द्र,सानेपामा भएको थियो।

कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष राजेश कुमार महर्जन प्रमुख अतिथि,जेसीआई काठमाडौं लेडीका अध्यक्ष जेसी नगिना नकर्मी सभापतिका रुपमा हुनुहुन्थ्यो। त्यसैगरि सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र सानेपाका अध्यक्ष दान बहादुर थापा मगर,सानेपा हाईट महिला समुहका अध्यक्ष लक्ष्मी महर्जन,सानेपा हाईट महिला समुहका सदस्य सानु महर्जन अतिथिका रुपमा हुनुहुन्थ्यो।

 
कार्यक्रममा मुख्य प्रशिक्षकका रुपमा जेसीआई काठमाडौं लेडीका पुर्व अध्यक्ष एवं साथी श्रम प्रशिक्षण केन्द्रका प्रोप्राइटर सजना नकर्मी हुनुहुन्थ्यो।
प्रमुख अतिथि वडा अध्यक्ष राजेश कुमार महर्जनले महिलाहरुको क्षमता अभिबृद्धिका यस्ता खालका कार्यक्रम अनिवार्य जस्तै बन्दै गएको बताउनुभयो। महिलाहरुको क्षमता अभिबृद्धिका लागि आफुले सक्दो प्रयास गर्ने उहाँले बताउनुभयो।

त्यसैगरि कार्यक्रममा प्रशिक्षक एवं जेसीआई काठमाडौं लेडीका पुर्व अध्यक्ष जेसी सजना नकर्मीले तालिममा सिकेका ज्ञान,सीपलाई पूर्णरुपमा व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभएको थियो।अनुभाव राख्ने क्रममा प्रशिक्षार्थी लक्ष्मी महर्जनले क्षमता अभिबृद्धि तालिम लिन पाउदा आफुले यस तालिमबाट धेरै कुराहरु सिक्न सफल भएको साथै आफुले आफ्नो देशको चिनारी राख्नु पर्छ भन्ने प्रेरणा यस कार्यक्रममार्फत पाएको पनि बताउनुभयो।

कार्यक्रमको संयोजक जेसीआई काठमाडौं लेडीका उपाध्यक्ष जेसी सविना श्रेष्ठ हुनुहुन्थ्यो।उहाँले उपस्थित सम्पूर्णलाइ धन्यवाद एवं सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो। उक्त कार्यक्रममा ३० जना प्रशिक्षार्थी हरुलाई प्रमुख अतिथि ले प्रमाणपत्र बितरण पनि गरेको थियो ।
जेसीआई काठमाडौं लेडी ‘सप्ताहब्यापी कार्यक्रम’ अन्तर्गतको यो पहिलो कार्यक्रम रहेको थियो। यो ‘सप्ताहब्यापी कार्यक्रम’ आगामी ७ दिन सम्म विभिन्न कार्यक्रमहरु गरेर सम्पन्न गर्ने जेसीआई काठमाडौं लेडीका अध्यक्ष जेसी नगिना नकर्मीले जानकारी दिनुभयो।

JCI Events Archive