घरेलु सेनिटाईजर बनाउने तालिम
2020-07-11 / 2020-07-11     11:00:00pm - 02:30:00pm    
Location : गुर्जुधारा Organized By : JCI Kathmandu Lady


घरेलु सेनिटाईजर बनाउने तालिम

लक डाउन खुल्न थालेसँगै काठमाडौं बजारमा चहलपहल बढ्न थालेको छ । देशमा कोरनाको जोखिम थप बढ्न सक्ने संकेट गरेको छ । त्यसैले थप सुरक्षित व्यवहार अपनाउन आवश्यक भएको महसुस गराएको छ । सुरक्षित व्यवहारका लागि सेनिटाईजरको प्रयोग गर्न अति आवश्यकता हुन्छ । कोरना भाइरसको रोक थामका लागि सेनिटाईजरको प्रयोग गर्ने वृद्धि भएसँगै बजारमा यसको अभाव भइरहन्छ । त्यसपछि घरेलु सेनिटाईजरको प्रयोग पनि बढ्न थालेको हो । ७० प्रतिशत अल्कोहल भएको सेनिटाईजरले मात्रै कोरना भाइरस लगायतका किटहरु नास गर्न सक्ने विज्ञहरुको मत छ । सेनिटाईजर प्रयोग भन्दा साबुन पानीले मिचि मिचि हात धुनु नै राम्रो मानिए पनि सधै हात धोइराख्न संभव नहुने बेला सेनिटाईजरको विकल्प छैन ।

यो बेला घरेलु सेनिटाईजर बनाउँदा पनि यसै गरी विज्ञहरुको प्रशिक्षण अनुसार सहि विधिले बनाएर यसको उपयोग गर्न सकिए कोरना भाइरसको जोखिमका बाबजुत खुल्लेको बजारमा सुरक्षित व्यवहार अपनाउन सहज हुने देखिन्छ । यसै अभिप्रायका साथ काठमाडौ लेडी जेसिजले २०२०-११-जुलाई शुक्रवार को दिन Jaycees Week अन्तर्गत तेश्रो दिन गुर्जुधारा मा एक दिने सेनिटाईजर बनाउने तालिम गुर्जुधारा बचत तथा ऋृण सहकारी सस्था को सहकार्यमा दिएको छ । संयाेजिका जेसि शिल्बि नकर्मी , ३० जना प्रशिक्षार्थी को उपस्थित मा साथी श्रम प्रशिक्षण केन्द्रका प्रोपाईटर तथा पुर्ब अध्यक्ष जेसि सजना नकर्मी प्रशिक्षक हुनुहुन्थ्यो ।


 
 

JCI Events Archive