जेसीआई काठमाडौं लेडीको “सप्ताहव्यापी कार्यक्रम” सम्पन्न
2020-07-21 / 2020-07-21     12:15:00pm - 03:00:00pm    
Location : Zoom Webinar Organized By : JCI Kathmandu Lady



जेसीआई काठमाडौं लेडीको “सप्ताहव्यापी कार्यक्रम” सम्पन्न

जेसिआई काठमाडौं लेडी द्वारा २०७७-४-६ गते मंगलबार को दिन सप्ताहव्यापी कार्यक्रमको समापनमा जेसीआई काठमाडौं लेडीले “Women and Power – Talk Program ” को आयोजना गरेको थियो। कार्यक्रम भर्चुवलमार्फत गरिएको थियो।उक्त कार्यक्रममा जेसीआई विराटनगरका पुर्व अध्यक्ष एवं जेसीआई नेपालका पुर्व अध्यक्ष जेसीआई सिनेटर राजेन्द्र बहादुर श्रेष्ठ,विशिष्ट अतिथि जेसीआई काठमाडौं लेडीका पुर्व अध्यक्ष,जेसीआई नेपालका पुर्व अध्यक्ष एवं पुर्व अन्तराष्ट्रिय उपाध्यक्ष जेसीआई सिनेटर कृति तुलाधर हुनुहुन्थ्यो।
कार्यक्रममा जेसीआई काठमाडौं लेडीका निवार्मान अध्यक्ष जेसी अर्चना मुनंनकर्मी श्रेष्ठले आस्था पाठ गर्नु भयो। जेसीआई काठमाडौं लेडीका महासचिव जेसी रिंकु बज्राचार्य श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो। जेसीआई काठमाडौं लेडीका अध्यक्ष जेसी नगिना नकर्मीले सम्पूर्णलाई स्वागत एवं आभार प्रकट गर्दै आफ्नो मन्तब्य राख्नु भएको थियो।
उक्त कार्यक्रममा महिलाहरुका लागि राजनैतिक साक्षारता अभियानका अध्यक्ष प्रकृति भट्टराईले केहि राजनीतिक कुराहरुका साथै देश प्रतिको हाम्रो जिम्मेवारीका विषयमा जानकारी गराउनु भएको थियो। उहाँले महिलाहरु पनि देश निर्माणमा लाग्न सक्छन भन्ने कुराहरु स्पष्ट पार्नु भएको थियो।
जेसीआई काठमाडौं लेडीका प्रकरण निर्देशक जेसी शर्मिला नकर्मीले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सात दिनसम्म गरिएका कार्यक्रमको रिपोर्ट बुझाउनु भएको थियो।
कार्यक्रमको उद्घोषण जेसीआई काठमाडौं लेडीका सह-सचिव जेसी अप्सरा आचार्यले गर्नु भएको थियो।

JCI Events Archive