Hand over of collected fund to Relief Fund.
2020-04-02 / 2020-04-02     01:45:00pm - 02:30:00pm    
Location : Damak Municipality Organized By : JCI Damak


दमक जेसीजले नगरस्तरिय कोरोना भाइरस नियन्त्रण तथा राहत कोषमा ८० हजार एक सय रुपैया प्रदान गरेको थियो। दमक नगरपालिकाले गठन गरेको उक्त कोषमा सहयोग पुरयाँउन जेसीज सदस्यहरुवाट संकलित ८० हजार एक सय रुपैया प्रदान गरिएको थियो,विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमण नियन्त्रण गर्न ,प्रभावितहरुको उपचार तथा लकडाउनका क्रममा मारमा परेका अतिविपन्न परिवारलाई राहत पुरयाँउन उद्देश्यले जेसीज सदस्यहरुवाट संकलित रकम चैत २० गते कोषमा बुझाईएको थियो।
जेसीज सदस्यहरुको एक टोली दमक नगरपालिका पुगेर सो नगद राहत नगर प्रमुख रोमनाथ ओली,उपप्रमुख गीता अधिकारीलाई हस्तान्तरण गरेका थिए । नगद राहत हस्तान्तरणमा नेपाल जेसीजका निर्वतमान राष्ट्रिय अध्यक्ष प्रकाश अधिकारी,दमक जेसीजका अध्यक्ष कटुवाल ,पूर्वअध्यक्ष चन्द्र खत्री, दमक जेसीजका उपाध्यक्ष सहदेव भट्टराई ,तालिम निर्देशक सुमन कोइराला लगायतको उपस्थिति रहेको थियो ।

JCI Events Archive