Online Yoga Class For A Week.
2020-05-23 / 2020-05-30     06:00:00am - 07:30:00am    
Location : Online Organized By : JCI Damak


वन्दाबन्दीलाई सदुपयोग गर्दै दमक जेसीजसहित विभिन्न जेसीजहरुको संयुक्त आयोजनामा सातदिने योग शिविर सम्पन्न गरिएको थियो।


दमकसहित कपन जेसीज, नारायणगढ जेसीज र बुटवल लेडी जेसीजको संयुक्त आयोजना तथा २०२० राष्ट्रिय अध्यक्ष जेसीआई नेपाल प्रमुख कार्यकारी सहायक रविन पोख्रेलको टेक्निकल सहयोगमा सातदिने योग शिविर सम्पन्न गरिएको थियो। जुम एपमार्फत अनलाईनबाट सञ्चालित योग शिविरमा देशभरिका सय वढीले सहभागिता जनाएका थिए ।
शिविरमा कपन जेसीजका पूर्वअध्यक्ष योग गुरु दुर्गादेव सुवेदी प्रमुख प्रशिक्षक रहेका थिए । बन्दाबन्दीमा योगासनको महत्व र स्वस्थ्य मानिसका लागि योग अनिवार्य भएकाले त्यस प्रकारको अनलाइन प्रशिक्षण सञ्चालन गरिएको थियो।
जेठ १० देखि १७ गतेसम्म दैनिक विहान ६ वजेदेखि ७ ः३० वजेसम्म शिविर सञ्चालन भएको थियो । शिविर उद्घाटनमा युवा नेता गगन थापा र समापनमा नेपाल जेसीज २०२० का राष्ट्रिय अध्यक्ष अशोक शंकरको प्रमुख आतिथ्यता रहेको थियो ।

JCI Events Archive