खाद्यान्न तथा पंखा वितरण कार्यक्रम
2020-08-10 / 2020-08-10    
Location : संस्कृत विद्याश्रम, सिद्धार्थनगर ०३, रूपन्देही Organized By : JCI Siddhartha


खाद्यान्न तथा पंखा वितरण कार्यक्रम

जेसीआई सिद्धार्थ नेपालले ''मानवताको सेवा जिवनको सर्वोत्तम कार्य हो'' भन्ने मुल आस्थालाई आत्मसात् गर्दै सिद्धार्थनगर नगरपालिका वडा नं ०३ स्थित संस्कृत बिद्याश्रममा खाद्यान्न तथा पंखा वितरण कार्यक्रम जेसीआई सिद्धार्थ नेपाल बर्ष २०२० का अध्यक्ष जेसी भुवन राणाज्युको अध्यक्षतामा सम्पन्न गरीयो ।
उक्त​ कार्य​क्र​म​मा सिद्धार्थनगर नगरपालिका वडा नं ०३ का अध्यक्ष श्री थानेश्वर पौडेल ज्यू प्र​मुख​ अतिथि र​ह​नुभ​एको र​ अतिथिमा सिद्धार्थनगर नगरपालिका वडा नं ०८ का अध्यक्ष जेसीआई सिनेटर राजन जंग राणाज्यु र संस्कृत बिद्याश्रमका प्रमुख संरक्षक कृष्ण प्रसाद भण्डारी ज्यु रहनु भएको थियो ।कार्य​क्र​म​को संयोजकत्व जेसी हुमाकान्त भुसालज्युले ग​र्नु भएको थियो सो कार्य​क्र​म स​न्चाल​न​ जेसी संचित भट्टराईज्यु​ले र​ आस्थापाठ​ जेसी पंकज यादव ज्युले ग​र्नु भ​एको थियो । साथै उक्त​ कार्य​क्र​म​मा जेसीआई सिद्धार्थ नेपालका पुर्व अध्यक्षज्युहरु लगायत संचालक समितिका पदाधिकारी र साधारण सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।कार्यक्रममा २ वटा पंखा, चामल, दाल, आलु, आँटा, चिउरा लगायत विभिन्न खाद्य सामाग्रीहरू वितरण गरिएको थियो ।


JCI Events Archive