Closing/ Interaction With PNP & Recognition Ceremony
2020-08-30 /    
Location : Biratnagar ( Zoom) Organized By : JCI Biratnagar


जेसीजले कोभिड फ्रन्टलाईनमा काम गरेकालाई सम्मान गर्दै वेभिनार समापन

विराटनगर जेसीजको गत भाद्र ८ देखि चलिरहेको “ साताव्यापी अनलाईन वेभिनार -२०२० “ सम्पन्न भएको छ।
सो क्रममा विराटनगर जेसीजले कोभिड-१९ को फ्रन्टलाईनमा काम गर्ने आफ्ना सदस्यहरु नि-शुल्क खाना खुवाउने कार्य वापत देवचन्द्र घिमिरे , कोभिड अस्पतालमा काम गर्ने केशव वस्नेत र धरान कोभिड अस्पतालमा कार्यरत जुनियर जेसीज प्रंशसा पौडेल लाई “ कोभिड वेरियर्स” को रुपमा पुरस्कृत गरेको छ।
पहिलो विराटनगरका मेयर भिम पराजुली संग अन्तरक्रिया, दोश्रो दिन भाषणकला तालीम , तेस्रो दिन युवा नेता गगन थापा संग संवाद, चौथो दिन डिजीटल उधमशीलता तथा आर्थीक स्वतन्त्रता, पाचौ दिन मनोज गजुरेल / विपिन कार्की लगायतका कलाकारहरु संग सफलता तथा संघर्षका कथाहरु , छैटौ दिन पुर्व राष्ट्रीय कप्तान पारस खड्का संगको अन्तरक्रिया र सातौ दिन समापन, पुर्व राष्ट्रीय अध्यक्ष संग अन्तरक्रिया तथा सम्मान कार्यक्रम रहेको थियो।
यस कार्यक्रममा जुम एप्स मार्फत साताव्यापी अवधी भर करिव १२०० भन्दा वढी व्यक्तिहरु सहभागी भएको जानकारी गराउनु भएको थियो। सो कार्यक्रममा जेसीजले आफ्ना विभिन्न सदस्य विज्ञान वस्नेत, अभिशेक भट्टराई, तुलसी निरौला, पंकज सापकोटा, बैजनाथ भगत, सनराईज चौधरी र प्रवेश दुलाल लगायतलाई जेसीज अफ द मन्थको रुपमा पुरस्कृत गरेको थियो।
हिजो सम्पन्न समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका संस्थापक एवं वरिष्ठ परराष्ट्र विद डा. भेष वहादुर थापा रहनुभएको थियो। जसमा वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ , विराटनगर जेसीजका संस्थापक राजेन्द्र वहादुर श्रेष्ठ, फुल कुमार लालवानी, प्रदिप मान वैध, विकल शेरचन लगायत थुप्रै जेसीज नेताहरुको उपस्थिती रहेको जानकारी जनसम्पर्क अधिकारी प्रवेश दुलालले गर्नु भएको छ।

JCI Events Archive