नेपालगन्ज जेसिज सप्ताह अन्तर्गत रक्तदान कार्यक्रम
2020-09-07 / 2020-09-07     08:00:00am - 03:00:00pm    
Location : Nepalgunj Blood Bank Bheri Hospital Organized By : JCI Nepalgunj


नेपालगन्ज जेसीजको जेसीज सप्ताह -२०२० कार्यक्रम अन्तर्गत दोस्रो कार्यक्रम आज रक्तदान कार्यक्रम अध्यक्ष प्रज्वल कुमार श्रेष्ठको अध्यक्षतामा सहकार्य नेपाल रेडक्रस सोसाइटी गनापुर उपशाखाको रहेको थियो, अध्यक्ष माया देबि गुरुङ, नेपाल रेडक्रस सोसाइटी भेरी अस्पताल ब्यबस्थापक समितीका अध्यक्ष प्रमोद धिताल प्रमुख अतिथि जु. जेसि अध्यक्ष बिमला श्रेष्ठ, पुर्ब अध्यक्ष क्रमस आनंद बहादुर कर्माचार्य, मो.फरिदुल हक, सुनिल कुमार गुप्ता, विशाल बिक्रम बर्मा, मुल सन्योजक प्रकाश कुन्वर, सन्योजक आदित्य गुप्ता, सहयोगी जु जेसिज उपाध्यक्ष सरिता बि क., सामाजिक अभियन्ता मनिसा पन्थी, सरोबर प्रसाइ, जेसिज,जु जेसिज, ने.रे.स. गनापुर उपशाखा अध्यक्ष गुरुङ लगायतहरुको उपस्थित रहेको थियो।
उक्त कार्यक्रम महासचिव माधव प्रसाद बेल्बासे ले सन्चालन गर्नु भएको थियो। उक्त रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गर्नु भएको थियो भने कार्यक्रममा प्रमुख अतिथि धिताल र अध्यक्ष श्रेष्ठले ब्लड ब्याग रक्तदाता उपाध्यक्ष आशिष आनंद लाइ दिई उद्घाटन भयेको थियो।
कार्यक्रममा नेपालगन्ज जेसिजका कोशाध्यक्ष कार्यक्रम सन्योजक आदित्य गुप्ताले स्वागत मन्तव्य दिय, पुर्ब अध्यक्षहरुको तरफ बाट आनंद बहादुर कर्मचार्य ज्युले जेसिज सप्ताह कार्यक्रमको सुभकामना दिनु भयेको थियो भने प्रमुख अतिथिले नेपालगन्ज जेसिजले गरेका कार्यक्रमको सराहना गर्नु साथै अहिलेको अवस्थामा रगतको अभावमा येस्तो किसिमको कार्यक्रम जेसिज सप्ताहमा समाबेश गर्नु भएकोमा धन्यवाद तथा अगामी कार्यक्रमको पनि सुभकामना व्य्क्त गर्नुभयेको थियोे भने अध्यक्ष श्रेष्ठले बर्ष २०२० मा मात्र अहिलेसम्म ४ पटक रक्तदान कार्यक्रम राखिसकेको जानकारी दिय र सम्पुर्णमा रगत तीन महिनामा एक पटक दिनु पर्ने कुराको जानकारी दियेका थिए।

JCI Events Archive