नेपालगन्ज जेसीज द्वारा पुर्व अध्यक्ष सम्मान कार्यक्रम।
2020-09-15 / 2020-09-15     02:00:00pm - 06:00:00pm    
Location : Nepalgunj Sub-metropolitan Organized By : JCI Nepalgunj


नेपालगन्ज जेसीजले पहिलो पटक नेपालगन्ज जेसीजका सम्पूर्ण  पुर्ब अध्यक्षहरुलाई खादा ओढाएर सम्मान पत्र वितरण गरेको छ। ई.स. १९७६ बाट सुरुवातमा आएको नेपालगन्ज जेसीज हाल ई.स. २०२० लाग्दा ४४ बर्ष पुगेको र ४४ बर्षको अवधिमा सम्पूर्ण भुपु अध्यक्षलाई सम्मान र कदर गरेको यो पहिलो कार्यक्रम रहेको थियो।

नेपालगन्ज जेसिजका अध्यक्ष प्रज्वल श्रेष्ठको अध्यक्षतामा पुर्व अध्यक्ष सम्मान कार्यक्रममा प्रमुख अतिथि प्रदेश ५ का सांसद सुरेन्द्र हमाल, विशिष्ट अतिथि नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सेनेटर रवीन्द्र कर्ण , अतिथिमा सम्पूर्ण जेसीजका पुर्व अध्यक्ष ज्युहरु रहनु भएको थियो भने कार्यक्रममा अध्यक्ष प्रज्वल श्रेष्ठ , सुरेन्द्र हमाल, रवीन्द्र कर्ण लगाएतले आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम सञ्चालन माधव बेलबासेले गर्नु भएको थियो ।

JCI Events Archive