Skill training on corn husk handicraft
2020-09-16 / 2020-09-17     11:00:00am - 05:32:00pm    
Location : Pulchok lalaitpur Organized By : JCI Kathmandu Lady


 जेसिआई काठमाडौं लेडि नेपाल तथा आमा हस्तकला उद्योग को संयुक्त आयोजनामा सारथी दिदिबहिनी समुहमा सन्चालन भएको मकैको खोस्टा ( Corn Husk) को फुल बनाउने तालिम सम्पन भयो।

उक्त कार्यक्रममा अध्यक्ष श्री नगिना नकर्मी ज्यु कार्यक्रमको सभापतित्व जेसिआई काठमाडौं लेडि नेपालका महासचिव तथा आजको यस कार्यक्रमका co- ordinator श्री रिन्कु बज्राचार्य श्रेष्ठ ज्युले गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख अथिती लेखक तथा कलाकार श्री यमन श्रेष्ठ ज्यु हुनु हुन्थ्यो । गोदावरी नगरपालिकाका उपjमेयर श्री मुना अधिकारी कुवर ज्यु जस्ता ब्यक्तित्व हरुको उपस्थितिले कार्यक्रमको गरिमा बधाएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य आमा हस्तकला उद्योगका अध्यक्ष श्री तारा थापा ज्युले गर्नु भएको थियो । आस्था पाठ जेसि सारदा नापित ज्युले गर्नु भएको थियो। उक्त कार्यक्रम का प्रशिक्षक महासचिव जेसि रिन्कु बज्राचार्य श्रेष्ठ तथा प्रकरण निर्देशक जेसि शर्मिला नकर्मी ज्यु हुनु हुन्थ्यो । कार्यक्रममा उपस्थित सम्पुर्ण मा धन्यवाद ज्ञापन ordinator तथा JCI काठमाडौं लेडि कि महासचिव जेसि रिन्कु बज्राचार्य श्रेष्ठ ज्युले गर्नु भएको थियो । सोही कार्यक्रममा बेद तथा आयुर्वेदमा गुर्जोको वारेमा बयान गरेको पाइन्छ। गुर्जो बहुउपयोगी जडीबुटी हो। औषधिको रुपमा सहजै सेवन गर्न सकिने गुर्जोको बेर्ना वितरण गर्ने कार्य धार्मिक तथा सामाजिक अभियन्ता नारायण लिंखा देवानवाट संकलन गरिएको गुर्जो नि सम्पुर्ण प्रशिक्षार्थी लगायत सम्पुर्ण जेसि आई काठमाडौं लेडि तथा आमा हस्तकला समुहमा बितरण गरिएको थियो । यस कार्यक्रमका सन्चालिका जेसि उर्गा श्रेष्ठ ज्यु हुनुहुन्थ्यो ।

JCI Events Archive