चौथो पद हस्तान्तरण समारोह
2020-01-31 / 2020-01-31     11:30:00am - 06:02:00pm    
Location : sainamaina 2 rupandehi Organized By : JCI SainaMaina


सैनामैना जेसीजको चौथो पदहस्तान्तरण समारोह मिती २०७६ माघ १७ गतेका दिन नेपाल सरकारका पूर्व रक्षामन्त्री एवम् नेपाली काङ्गेसका प्रमुख सचेतक माननिय बालकृष्ण खांणको प्रमुख आतिथ्यता, नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष जेसी गोविन्द पंगेनीको विशिष्ट आतिथ्यतामा वर्ष २०१९का अध्यक्ष जेसी शुवास पौडेल द्धारा शाखा अधिवेशनवाट निर्वाचित बर्ष २०२०का अध्यक्ष जेसी सीता क्षेत्री ज्यूलाई जेसीज चेन लगाइदिई पद हस्तान्तरण गर्नुभएको थियो । एउटै कार्यक्रममा दुई जना फरक पmरक व्यक्तिहरुको अध्यक्षता रहने उक्त कार्यक्रममा समुद्घाटन समारोह वर्ष २०१९ का शाखा अध्यक्ष जेसी शुवास पौडेलज्यूको अध्यक्षतामा रहेको थियो भने समापन समारोहमा बर्ष २०२० का शाखा अध्यक्ष जेसी सीता क्षेत्री ज्यूको अध्यक्षतामा भएको थियो । यसै कार्यक्रममा नवनिर्वाचित अध्यक्षले बर्ष २०२० का लागी आवश्यक कार्यसमितीलाई पुर्णता दिदै सम्पुर्ण टिमलाई सपथ खुवाउनु भएको थियो । उक्त कार्यक्रममा वर्ष २०२० का लागी “Leadership For Humanity”   थिम प्रस्तुत गरिएको थियो ।


JCI Events Archive