घरेलु सेनेटरी प्याड बनाउने तालीम
2020-07-13 / 2020-07-14     09:00:00am - 05:00:00pm    
Location : sainanamain Organized By : JCI SainaMaina



सैनामैना जेसीजले सैनामैना नगरपालीका भित्रका रहेका महिलाहरुलाई विशेष घरेलु प्याड बनाउने उद्धेश्यले सैनामैना जेसीजका अध्यक्ष जेसी सीता क्षेत्रीको अध्यक्षतामा सैनामैना नगरपालीकाको उप प्रमुख विना रानाको प्रमुख आतिथ्यतामा २०७७ असार २९ गते सैनामैना न. पा. २ स्थीत ग्लोवल पार्टी प्यालेसमा सैनामैना जेसीजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारी, पुर्व अध्यक्ष द्वय नन्दवहादुर थापा, विमल ज्ञवाली, २०२० निवर्तमान अध्यक्ष जेसी शुवास पौडेल तथा जेसीजका सम्पुर्ण पदाधीकारीहरु ३० जना तथा सहभागी ४० जना गरि जम्मा ७० जनाको उपस्थीतीमा उद्घाटन समारोह सकिएको हो तथा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी गोविन्द पंगेनीको प्रमुख आतिथ्यतामा सम्पुर्ण सहभागीहरुको विचमा कार्यक्रमको समापन भएको हो साथै यस कार्यक्रमको संयोजन सैनामैना जेसीजकी सह–कोषाध्यक्ष जेसी रुपा पाण्डे पोख्रेलले गर्नुभएको थियो ।

JCI Events Archive