जेसिज सप्ताह समुद्घाटन तथा सचेतनामुलक साइकल र्याली कार्यक्रम
2020-09-19 / 2020-09-19     02:00:00pm - 06:30:00pm    
Location : जेसिज सचिवालय , बि.पी.चोक इटहरी Organized By : JCI Itahari


कोरोना कहरको असामान्य कठिन अवस्थामा पनि प्रतिकुलतामा अनुकुलता खोज्दै इटहरी जेसीजको जेसीज सप्ताह -२०२० यहि २०७७  साल असोज ३ देखी ९ सम्म) जनचेतना,खेलकुद,स्वास्थ क्षेत्र,सेवाको क्षेत्र,ध्यान योग साधना,जेसीज सम्वन्धी जानकारी र अवको नेतृत्व र यसले खेल्नु पर्ने भुमिका विषयक सवै क्षेत्रलाई समेटेर आयोजना गरेको छ | इटहरी जेसिजको अध्यक्ष्य जेसी माधव भट्टराई ज्युको अध्यक्ष्यतामा सम्पन्न सप्ताहका  मुल संयोजक सामुदायिक क्षेत्र कार्यकारिणी उपादक्ष जेसी माधव पौडेल र  जेसिज सप्ताह समुद्घाटन तथा सचेतनामुलक साइकल र्याली कार्यक्रमको संयोजक जेसी दिलिप पराजुली ले गर्नुभएको थियो,जुन कार्यक्रममा प्रमुख अथिति श्री केशवकुमार बिष्ट ,पूर्व सदस्य-सचिब ,रा.खे.प. रहनुभएको थियो | २५ जना साइकल यात्री  सहभागी भएको र्याली इटहरी बिपी चोक हुदै ,जुटबिकास , तालतलैया , पानीपिया र तरहरा हुदै इटहरी बिपी चोक मा आएर समाप्त भएको थियो | 

JCI Events Archive