स्व. टंक प्रसाद निरौला स्मृति हाजिरीजवाफ प्रतियोगता
2020-09-24 / 2020-09-24     10:00:00am - 04:00:00pm    
Location : कस्तुरी कलेज , बि.पी.चोक इटहरी Organized By : JCI Itahari


इटहरी जेसिज द्वारा आयोजित जेसिज सप्ताह २०२० अन्तर्गत छैठो कार्यक्रम स्व. टंक प्रसाद निरौला स्मृति हाजिरीजवाफ प्रतियोगता इटहरी जेसिज वर्ष २००१ का अध्यक्ष स्व. टंक प्रसाद निरौला ज्युको स्मृतिमा हरेक वर्ष इटहरी जेसिजले जेसिज सप्ताहमा  प्रतियोगित्मक कार्यक्रम आयोजना गरि मनाउने गर्दछ, यसै क्रममा यस वर्ष पनि जेसिज सप्ताहमा स्व. टंक प्रसाद निरौला स्मृति हाजिरीजवाफ प्रतियोगता आयोजना गरिएको थियो | उक्त कार्यक्रममा प्रमुख अतिथि जेसी डा. संदेश दास श्रेष्ठ , पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष ज्युको आथित्यतामा १० छिमेकि शाखा हरुको सहभागितामा सम्पन्न गरेको छ जसमा क्रमसः तरहरा जेसिज प्रथम, इन्द्रपुर जेसिज द्वितीय र लेटांग जेसिज तृतीय स्थान हासिल गरेका थिए | कार्यक्रममा सहभागी शाखाहरु निम्नानुसार छन् |

१. लेटांग जेसिज  २. बेलबारी जेसिज  ३. इन्द्रपुर जेसिज  ४. गछिया जेसिज  ५. तरहरा जेसिज  ६. झुम्का जेसिज  ७. धरान जेसिज

८. दुहबी जेसिज  ९. चक्रघट्टी जेसिज  १०. इटहरी लेडी   जेसिज

कार्यक्रममा ट्रफी मेडल प्रदान गरिएको थियो ,जुन कार्यक्रमको संयोजन जेसी युबराज घिमिरे  ज्युले गर्नुभएको थियो|

JCI Events Archive