जेसिज सप्ताह समापन तथा प्रकरण गोष्ठी "Unite To Impact" कार्यक्रम
2020-09-25 / 2020-09-25     03:00:00pm - 06:30:00pm    
Location : Itahari - ZOOM CLOUD MEETINGS APP Organized By : JCI Itahari


कोरोना कहरको असामान्य कठिन अवस्थामा पनि प्रतिकुलतामा अनुकुलता खोज्दै इटहरी जेसीजको जेसीज सप्ताह -२०२०(२०७७ साल असोज ३ देखी ९ सम्म) जनचेतना,खेलकुद,स्वास्थ क्षेत्र,सेवाको क्षेत्र,ध्यान योग साधना,जेसीज सम्वन्धी जानकारी र अवको नेतृत्व र यसले खेल्नु पर्ने भुमिका विषयक सवै क्षेत्रलाई समेटेर  सम्पन्न गरिएको छ | जेसिज सप्ताहको मुल संयोजक सामुदायिक क्षेत्र कार्यकारिणी उपाध्यक्ष जेसी माधव पौडेल,संयोजक ज्यूहरू पहिलो कार्यक्रम जेसी दिलिप पराजुली, दोस्रो कार्यक्रम जेसी विक्रम घिमिरे,तेस्रो कार्यक्रम जेसी फडिन्द्र मगर,चौथो कार्यक्रम जेसी रविन न्यौपाने, पाचौं कार्यक्रम जेसी सौरभ प्रधान,छैठो कार्यक्रम जेसी युवराज घिमिरे र सातौ समापन तथा अन्तरक्रिया कार्यक्रमको संयोजक जेसी युबराज काफ्ले ज्यू रहनु भएको थियो ।

कार्यक्रममा  वक्ताका रूपमा  संघिय सांसद तथा पुर्वमन्त्री माननीय डा.मिनेन्द्र रिजाल ज्यू,अखिलका पुर्व अध्यक्ष्य तथा नेकपाका केन्द्रिय सदस्य श्री ठाकुर गैरे ज्यू,साझा पार्टीका राष्ट्रिय संयोजक श्री मिश्र ज्यूको प्रकरण गोष्ठी Leaders For Tomorrow  "Unite To Impact" अन्तर्गत  आफ्ना भनाइ हरु राख्नु भएको थियो |
कार्यक्रम मा नेपाल जेसीजका निरूपित उपादक्ष्य/कार्यकारिणी उपादक्ष्य ज्यू,नेपाल जेसीजका पदाधिकारी ज्यूहरू,निवर्तमान राष्ट्रिय अध्यक्ष्य जेसीआई सिनेटर महेश पौडेल ज्यू,राष्ट्रिय अध्यक्ष्य जेसीआई सिनेटर अशोक शंकर ज्यू,नेपाल जेसीजका संस्थापक अध्यक्ष्य जेसीआई सिनेटर भेष बहादुर थापा ज्यू,प्रमुख अतिथि र नेपाल जेसीजका पुर्व अध्यक्ष्य ज्यूहरू,पुर्व पदाधिकारी ज्यूहरू लगायतको अनलाइन माध्यमबाट कार्यक्रम मा जोडिनु भएको थियो | कार्यक्रमलाइ अध्यक्ष्यता इटहरी जेसिज का अध्यक्ष जेसी माधव भट्टराई ज्युले गर्नु भएको थियो भने कार्यक्रम संचालन इटहरी जेसिज का वर्ष २०२० को महासचिब जेसीलोकनाथ भण्डारी ज्युले गर्नुभएको थियो |


JCI Events Archive