Theme Seminar on The effects and how to overcome the damage of Covid 19
2020-09-08 / 2020-09-08     11:00:00am - 03:00:00pm     Host Chapter: Damak

Location : Damak Chamber and Commerce Hall Organized By : JCI


दमक जेसिसले यहि मिति भाद्र २३ गते दमक स्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा कोभिड १९ का असरहरु र अबको बाटो विषयक अन्तरक्रियात्मक कार्यक्रम सुसम्पन्न गरियो। यस कार्यक्रममा दमक वरिपरि रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु वक्ताको रुपमा रहनुभएका थियो। यसक्रममा दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकुल श्रेष्ठ , नेपाल रेडक्रस सोसाइटी उपशाखाका दमक अध्यक्ष प्रकाश बुढाथोकी दमक स्थित आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रकाश शर्मा,दमक नगरपालिकाको उपमेयर गिता अधिकारी , दमक स्थित हिमालय माध्यमिक विद्यालयका प्राचार्य ओम प्रशाद आचार्य लगायत ले कोभीड १९ ले सृजाना गरेको असरहरु र अबको बाटो अन्तरक्रियात्मक कार्यक्रममा आफ्ना विचारहरु राख्नुभएको थियो ।दमक जेसिसका आधिकारिक फेसबुक पेज बाट प्रत्यक्ष प्रसारित कार्यक्रमका संयोजक दमक जेसिसका प्रकरण निर्देशक जेसी रामचन्द्र अधिकारी रहनुभएको थियो, दमकस्थित नगरपालिकाका उपमेयर गीता अधिकारी ज्युको प्रमुख आथित्य का मा सम्पन्न यस कार्यक्रम नेपाल जेसिसका प्रकरण निर्देशक मनिश सुर्य मगर विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो।भौतिक दुरी कायम गरी सुरक्षित तवरले संचालन गरिएको यस कार्यक्रममा दमकका विभिन्न क्षेत्रका सामाजिक व्यक्तित्वहरूको उपस्थित रहेको थियो भने कार्यक्रमका सभापति दमक जेसीज का अध्यक्ष जेसी कमल कटुवाल रहनु भयेको थियो। कार्यक्रम संचालक महासचिव जेसी सन्जीब बरालले गर्नु भयेको थियो।

JCI Events Archive