औषधी वितरण कार्यक्रम
2020-10-03 / 2020-10-03     08:00:00am - 10:00:00am    
Location : sainamaina 1 rupandehi Organized By : JCI SainaMaina


सैनामैना जेसीज वर्ष २०२० को वार्षीक कार्यक्रम अन्तर्गत जेसीज सप्ताहको दोस्रो दिन औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ । असोज १६ गतेदेखी २२ गतेसम्म चल्ने सप्ताहव्यापी कार्यक्रममा आज सैनामैना नगरपालीका वडा नं. १ स्थीत पदमपानी योग तथा प्राकृतिक चिकित्सालय (अस्थाइ क्वारेन्टाइन)मा रहनुभएका कोभिड लागेका विरामीको स्वास्थ्यलाइ मध्यनजर गर्दै सैनामैना जेसीजले सैनामैना नगरपालीकाका स्वास्थ्य संयोजक हेमराज पन्थी ज्यूलाई करिव रु. १५,५०० वरावरको औषधी हस्तान्तरण गरियो । नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसी लालमणी भण्डारीको प्रमुख आतित्यथा तथा नेपाल जेसीज राष्ट्रिय उपाध्यक्ष जेसी रामवहादुर वोगटीको विशिष्ट आतित्यथा सैनामैना जेसीज वर्ष २०२० की अध्यक्ष जेसी सीता क्षेत्री ज्यूको अध्यक्षतामा, सैनामैना न पा वडा नं. १ का अध्यक्ष साथै सैनामैना जेसीजका पुर्व अध्यक्षहरु, अध्यक्ष सल्लाहकार साथै जेसीजका ३० जना साथै अन्य २० जना गरी कुल ५० जनाको सहभागीतामा कार्यक्रम सम्पन्न गरियो । कार्यक्रमको संयोजक शाखाका कानुनी सल्लाहकार रामचन्द्र ढकालले गर्नुभएको हो ।

JCI Events Archive