उद्घाटन तथा वृक्षारोपण कार्यक्रम
2020-10-04 / 2020-10-04     08:00:00am - 10:00:00am    
Location : वन महासंघको हल Organized By : JCI Dang Lady


दाङ महिला जेसीजकाे आयाेजनामा जेसीज सप्ताह २०२० काे उद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ। मिति २०७७/०६/१८ देखि २०७७/०६/२४ गतेसम्म हुन गइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज पहिलो दिन उद्घाटन तथा वृक्षाराेपण कार्यक्रम सम्पन्न भएकाे हाे ।
दाङ महिला जेसीज वर्ष २०२० काे अध्यक्ष जेसी जिबा भुषाल ज्यूकाे अध्यक्षता, घाेराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चाैधरी ज्यूकाे प्रमुख आथित्यता, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी लालमणि भण्डारी ज्यू र घाेराही उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष रमेश पाण्डे ज्यूको विशिष्ट आतिथ्यता रहेको
उक्त कार्यक्रममा दाङ महिला जेसीजका संस्थापक अध्यक्ष जेसी निर्मला गौतम ज्यू, पूर्व अध्यक्ष जेसी माया पोख्रेल ज्यू, जेसी संजिता गौतम ज्यू, जेसी विमला शर्मा ज्यू, जेसी निरिजा पोख्रेल ज्यू, जेसी डोमा पाण्डे ज्यू, निःवर्तमान अध्यक्ष जेसी रेखा शर्मा ज्यु, मातृशाखा त्रिभुवननगर जेसीजका अध्यक्ष जेसी माधव पौडेल ज्यु, लमही जेसीजकी अध्यक्ष सपना पाण्डे ज्यू, लमही जेसीजका पूर्व अध्यक्ष एवम् वर्तमान कानुनी सल्लाहकार खेमराज घिमिरे ज्यू, घोराही उपमहानगरपालिकाका प्रेस संयोजक निमुसंगम घर्ती ज्यू, पत्रकार छबी पुरी ज्यू, पत्रकार दीपक जी.एम. ज्यू, पत्रकार लिलाधर वली ज्यू, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख थम्मन जि.सी. ज्यू, नेपाल सामुदायिक सेवा केन्द्रकी कोषाध्यक्ष देवा जि.सी. ज्यू,भुमि अधिकार मंचकी प्रदेश कोषाध्यक्ष रचना कुमाल ज्यू, नेपाल जेसीजका तालिम आयुक्तका कोषाध्यक्ष वीरसिंह महरा ज्यू, वन महासंघका अध्यक्ष भुपेन्द्र सुबेदी ज्यू, वनमहासंघका सचिव जानका के.सी. ज्यू, नेपाल परिवार नियोजन संघकी केन्द्रीय सदस्य निर्मला गौतम ज्यू, नारी सीप समाजकी अध्यक्ष विष्णु थापा ज्यू, सप्तरंगी टेलिभिजनका दिनेश पाण्डे र नारायण नेपाल ज्यू लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।
जेसीजकाे आस्था पाठ जेसी अर्चना शर्माले गर्नुभएको थियो। जेसीजकाे मिसन भिजन वाचन जेसी सिन्धु रिजालले गर्नुभएको थियो। कार्यक्रम संयाेजक जेसी बसन्ता भण्डारीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा मुल संयाेजक जेसी नारायणी भण्डारीले कार्यक्रमकाे बारेमा जानकारी गराउनुभएको थियो। कार्यक्रममा उपस्थितिलाई जेसी अनिता ढकालले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमकाे सहजीकरण महासचिव जेसी संगीता गिरीले गर्नुभएको थियो।
सम्पूर्ण उपस्थित महानुभावहरुकाे उपस्थितिकाे सम्मान गर्दै सव्य रुपमा कार्यक्रम सम्पन्न गर्नकाे लागि यहाँहरु सम्पूर्णकाे अमुल्य समय, साथ,सहयाेग र हाैसलाकाे कदर गर्दै धेरै धेरै धन्यावाद दिन चाहान्छाै र सदैव यहाँहरु सम्पूर्णकाे सल्लाह, सुझाव, साथ, सहयाेग र हाैसलाकाे अपेक्षा गर्दछौ।
सहभागिता:४१ जना

JCI Events Archive