रक्तदान कार्यक्रम
2020-10-05 / 2020-10-05     08:00:00am - 10:00:00am    
Location : रक्तसंचार सेवा केन्द्र Organized By : JCI Dang Lady


"मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो" भन्ने मूल मन्त्रको आत्मसात गर्दै दाङ महिला जेसीजकाे आयाेजनामा जेसीज सप्ताह- २०२० अन्तर्गत दोस्रो दिनको रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे। दाङ महिला जेसीज वर्ष २०२० काे अध्यक्ष जेसी जिबा भुषाल ज्यूकाे अध्यक्षता, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष श्री नारायण भुसाल ज्यूको प्रमुख आतिथ्यता, रक्तसञ्चार सेवा केन्द्रका इन्चार्ज श्री दिलिप न्यौपाने ज्यूको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा दाङ महिला जेसीजका संस्थापक अध्यक्ष जेसी निर्मला गौतम ज्यू, पूर्व अध्यक्ष जेसी विमला शर्मा ज्यू, जेसी सुशीला पौडेल ज्यू, नि:वर्तमान अध्यक्ष जेसी रेखा शर्मा ज्यू, पत्रकार श्री टोपेन्द्र रोका मगर ज्यू, पत्रकार श्री दिपक जी.एम. ज्यू, सप्तरंगी टेलिभिजनका श्री नारायण नेपाल ज्यू, सीप विकास मञ्चकी अध्यक्ष श्री निर्मला न्यौपाने ज्यू, रक्तसञ्चार सेवा केन्द्रका प्राविधिकहरु लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। सीप विकास मञ्चकी अध्यक्ष श्री निर्मला न्यौपाने ज्यू, नि: वर्तमान अध्यक्ष जेसी रेखा शर्मा ज्यू, पूर्व अध्यक्ष जेसी शुशिला पौडेल ज्यू, विशिष्ट अतिथि श्री दिलिप न्यौपाने ज्यू, प्रमुख अतिथि श्री नारायण भुसाल ज्यूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
जेसीजकाे आस्था पाठ जेसी दिलु मल्लले गर्नुभएको थियो। कार्यक्रम संयाेजक जेसी निमा सुनारको स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा मुल संयाेजक जेसी नारायणी भण्डारीले कार्यक्रमकाे बारेमा जानकारी गराउनुभएको थियो। कार्यक्रममा उपस्थितिलाई जेसी अनिता ढकालले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमकाे सहजीकरण महासचिव जेसी संगीता गिरीले गर्नुभएको थियो।
उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुकाे उपस्थितिकाे सम्मान गर्दै सव्य रुपमा कार्यक्रम सम्पन्न गर्नकाे लागि यहाँहरु सम्पूर्णकाे अमुल्य समय, साथ,सहयाेग र हाैसलाकाे कदर गर्दै धेरै धेरै धन्यावाद दिन चाहान्छाै र सदैव यहाँहरु सम्पूर्णकाे सल्लाह, सुझाव, साथ, सहयाेग र हाैसलाकाे अपेक्षा गर्दछौ।
सहभागिता:२७ जना
रक्तदाताहरु:
१.श्री विनभ देवकोटा
२.जेसी विमला शर्मा
३.श्री शम्भु गौतम
४.जेसी जुनु बुढा
५.जेसी संगीता गिरी
६.जेसी निमा कुमारी सुनार
७.श्री गोपाल बि. क.
८.श्री कल्पना बि.क.
९.श्री निर्मला न्यौपाने
१०.जेसी शुशीला पौडेल
११.श्री रमेश रोका
१२.श्री प्रियंका आचार्य
१३.श्री रिमा पौडेल
१४.श्री प्रदिप भुसाल
१५.जेसी ममता विष्ट

JCI Events Archive