शारीरिक अपाङ्गता एवम् विपन्न परिवारलाई सहयोग
2020-10-06 / 2020-10-06     08:00:00am - 10:00:00am    
Location : नेपाल अपाङ्ग संघ, झिंगौरा दाङ Organized By : JCI Dang Lady


"मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो" भन्ने मूल मन्त्रको आत्मसात गर्दै दाङ महिला जेसीजकाे आयाेजनामा जेसीज सप्ताह- २०२० अन्तर्गत तेस्रो दिनको कार्यक्रम सम्पन्न भएकाे छ। दाङ महिला जेसीज वर्ष २०२० काे अध्यक्ष जेसी जिबा भुषाल ज्यूकाे अध्यक्षता, घोराहि उपमहानगर पालिका वडा नं. १४ का वडाध्यक्ष श्री शक्तिराम डाँगी ज्यूको प्रमुख अातिथ्यता, नेपाल महिला सामुदायिक सेवा केन्द्रकी अध्यक्ष श्री कल्पना न्यौपाने ज्यू एवम् नेपाल अपाङ्ग संघ, झिंगौरा दाङका अध्यक्ष श्री शरद अधिकारी ज्यूको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा दाङ महिला जेसीजका पूर्व अध्यक्ष जेसी सुशीला पौडेल ज्यू, विभिन्न मिडियाका पत्रकार ज्यूहरु, नेपाल अपाङ्ग संघ, झिंगौरा दाङका कोषाध्यक्ष श्री वसन्तराज भट्ट ज्यू लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो। पूर्व अध्यक्ष जेसी शुशिला पौडेल ज्यू, विशिष्ट अतिथि श्री शरद अधिकारी ज्यू, विशिष्ट अतिथि श्री कल्पना घिमिरे ज्यू र प्रमुख अतिथि श्री शक्तिराम डाँगी ज्यूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
जेसीजकाे आस्था पाठ जेसी जुनु बुढाले गर्नुभएको थियो। कार्यक्रम संयाेजक जेसी अर्चना शर्माको स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रममा मुल संयाेजक जेसी नारायणी भण्डारीले कार्यक्रमकाे बारेमा जानकारी गराउनुभएको थियो। कार्यक्रममा उपस्थितिलाई जेसी सिन्धु रिजालले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमकाे सहजीकरण महासचिव जेसी संगीता गिरीले गर्नुभएको थियो।
उक्त कार्यक्रममा निम्न खाद्यान्न सामाग्रीहरु वितरण गरीएको थियो।
चामल   : ५ बोरा
दाल       : १० किलोग्राम
नुन         : १५ पोका
तेल       : १ कार्टन + डेढ लिटर
चिनी     : ५ किलोग्राम
चियापत्ति : आधा किलोग्राम
आलु     : ५ किलोग्राम
भुजा     : १ पोका
साबुन     : १० ओटा
मास्क     : १ पोका

हामीलाई सौजन्य प्रदान गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं। 

दाङ महिला जेसीज परिवार 

JCI Events Archive