नेपालगन्ज जेसिज द्वारा भित्र बाट नेतृत्व तालिम सम्पन्न
2020-10-10 / 2020-10-10     07:30:00am - 10:30:00am    
Location : Nepalgunj Sub-metropolitan Organized By : JCI Nepalgunj


नेपालगन्ज जेसीजले "Leadership From within" "भित्र बाट नेतृत्व" तालिम आज नेपालगन्जमा अध्यक्ष प्रज्वल कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि पुर्ब रास्ट्रिय अध्यक्ष प्रशिक्षक सिनेटर रबिन्द्र कर्ण बाट तालिमको सहजीकरण गर्नुभएको थियो। सोे तालिमको कार्यक्रम निवर्तमान अध्यक्ष जुनियर जेसि शिशिर मेचे आस्था पाठ बाचन गरि सुरुवात भएको थियोे भने कार्यक्रम संचालन नेपालगन्ज जेसीजका सचिव माधव प्रसाद बेलबासेले गर्नु भएको थियोे ।

उक्त कार्यक्रममा तालिमको अन्तमा प्रमुख अतिथी प्रशिक्षकबाट प्रमाणपत्र वितरण भएको थियो । जसमध्ये तालिममा सहभागीहरु प्रेमा शाही, चन्द्रदिप जोशी तालिम पश्चात सहभागीहरुको तर्फबाट आफ्नो धारणा राखेका थिए । कार्यक्रम संयोजक अन्कित कुमार सिंह सबै सहभागीलाई धन्यवाद दिएका थिए।


प्रशिक्षक तथा प्रमुख अतिथि कर्ण ज्यु बाट नेपालगन्ज जेसिजले गरेका कामको सराहनीय गर्नु भएको थियो भने आगामी दिन पनि यस्तो किसिमको तालीममा जोड दिनु पर्ने धारणा राख्नुभएको थियो। नेपालगन्ज जेसिजका सभापति जेसि २०२० अध्यक्ष प्रज्वल कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका संयोजक अन्कित कुमार सिंह, सहसंयोजक प्रकाश कुन्वर कार्यक्रममा प्रमुख अतिथि तथा प्रशिक्षक सिनेटर रबिन्द्र कर्ण, अतिथि कोहलपुर जुनियर जेसिज अध्यक्ष रबिन गौतम, सुरेन्द्र भटराई पुर्ब अध्यक्ष सुनिल कुमार गुप्ता लाई खादा ओढायर सम्मान गरिएको थियो । कार्यक्रममा जेसिज सदस्य जुनियर जेसिज गरि ३४ जनाले प्रशिक्षण लिएका थिए। अध्यक्ष श्रेष्ठले यस्तो किसिमको तालिममा आगामी दिनमा जोड दिने भन्दै मायाको चिनो र उपहार प्रशिक्षक प्रमुख अतिथि लाई प्रदान गर्दै कार्यक्रमको समापन गरेका थिए ।

JCI Events Archive