समापन तथा संस्थागत सम्मान कार्यक्रम
2020-10-10 / 2020-10-10     11:00:00am - 02:30:00pm    
Location : बाह्रकुने दह Organized By : JCI Dang Lady


दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएको छ । सप्ताहको शनिवार घोराही उपमहानगरपालिका वडा नम्बर १३ को बाह्रकुने दह परिसरमा कार्यक्रमको आयोजना गरि जेसीज सप्ताह-२०२० अन्तर्गत सातौ एवं अन्तिम दिनको "समापन तथा संस्थागत सम्मान" कार्यक्रम गरिएको हो। कोभिड-१९ महामारीको विषम परिस्थितिमा पनि आ-आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका खेल्ने संस्थाहरुलाई सम्मान गरिएको थियो। जसमा नेपाल पत्रकार महासंघ दाङ, दाङ जिल्ला उद्योग वाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ, नेपाल परिवार नियोजन दाङ, नेपाल रेडक्रस सोसाईटी दाङ, नर्सीङ संघ दाङ र नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङलाई सम्मान गरिएको थियो। दाङ महिला जेसीजका अध्यक्ष जेसी जिबा भुषालको अध्यक्षता, सांसद श्री अर्जुन श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यमा एवं ब्रह्मकुमारी ईश्वरिय विश्वविद्यालय राप्तीका प्रमुख राजयोगीनी गीता दिदीको विशिष्ट आतिथ्यता रहेको उक्त
कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रीयासन, तुलसीपुर जेसीजका पूर्व अध्यक्ष दिपेश भण्डारी, वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक दिनेश रिमाल, नेपाल परिवार नियोजन संघका केन्द्रिय सदस्य निर्मला गौतम रेग्मी, दाङ महिला जेसीजका पूर्व अध्यक्ष संजीता गौतम, दाङ महिला जेसीजका निवर्तमान अध्यक्ष रेखा शर्मा, रक्त सञ्चार केन्द्र घोराहीका प्रमुख दिलीप न्यौपाने, विशिष्ट अतिथि राजयोगीनी गीता दिदी, प्रमुख अतिथि श्री अर्जुन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
दाङ महिला जेसीजका सदस्य जेसी अर्चना शर्माले आस्था पाठ गर्नुभएको थियो। वर्ष २०२० का कानुनी सल्लाहकार जेसी ममता विष्टले जेसीजको मिसन, भिजन वाचन गर्नुभएको थियो। कार्यक्रम संयोजक जेसी सिन्धु रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा मूल संयोजक जेसी नारायणी भण्डारीले सप्ताहव्यापी कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सहजीकरण दाङ महिला जेसीजका महासचिव जेसी संगीता गिरीले गर्नुभएको थियो।

JCI Events Archive