रामग्राम जेसीजद्धारा सानाव्यवसायीका समस्या सम्बोधनका लागि सरकारको ध्यानाकर्षण
2020-09-22 / 2020-09-22     02:30:00pm - 05:00:00pm    
Location : परासी Organized By : JCI Ramgram


कार्यक्रमः सानाव्यवसायीका समस्या सम्बोधनकालागि ज्ञापन पत्र मार्फत सरकारको ध्यानाकर्षण
आयोजकः रामग्राम जेसीज वर्ष २०२०
मितिः २०७७ असोज ६ गते
स्थानः जिल्ला प्नशासन कार्यालय परासी, प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष
अध्यक्षताः जेसी सन्दिप अग्रहरी, शाखाअध्यक्ष
प्रमुखअतिथिः प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक
कार्यक्रम संयोजकः वेनी माधव बस्याल
सञ्चालनः महासचिव चन्द्रमणि चौधरी
विशेष उपस्थितिः
रामग्राम जेसीजका पूर्व अध्यक्ष मेघराज गौतम, राजकुमार रेश्मी, धनपद यादव, मुक्ति पौडेल, रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष रिंगला यादव, लगायत
उद्देश्यः
रामग्राम जेसीज परासीले कोभिड १९ काकारण साना तथा मझौला व्यवसायीले भोगेका समस्या समाधान गर्न नेपाल सरकारसँग माग गरेको हो । कोभिड १९ को संक्रमण र लामो समयको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण साना तथा मझौला व्यवसाय लामो समय बन्दा हुँदा व्यवसायी थला परेकोले विभिन्न माग राखेर सरकारको ध्यानाकर्षण गराएको । लकडाउन अवधिको घरभाडा मिनाहा गर्नु पर्ने, व्यवसायीले लिएको बैंक ऋणको व्याज मिनाहा गर्नु पर्ने, एक वर्षको कर मिनाहा गर्नु पर्ने, साना व्यवसायलाई उत्थान गर्न आवश्यक सहुलियत तथा राहतका कार्यक्रम ल्याउनु पर्ने, कर दाखिला तथा नविकरणको समय अवधि थप गर्नु पर्ने, सीमानाका बन्द रहेपनि तस्करी नियन्त्रणमा नरहेकोेले तस्करी पूर्ण नियन्त्रण गर्नुपर्ने लगयातका माग राखिएको ।

JCI Events Archive