रामग्राम जेसीजका अध्यक्षद्धारा जन्मदिनको खर्च उपचारका लागि सहयोग
2020-09-26 / 2020-09-26     10:30:00am - 02:30:00pm     Host Chapter: Ramgram

Location : परासी Organized By : JCI


कार्यक्रमः मानवताका लागि सहयोग कार्यक्रम
आयोजकः रामग्राम जेसीजवर्ष २०२०
मितिः २०७७असोज १० गते
स्थानः परासीबजार
अध्यक्षताः जेसी सन्दिप अग्रहरी, शाखाअध्यक्ष
सञ्चालनः महासचिव चन्द्रमणि चौधरी
वक्ताः विकास अधिकारी, पत्रकार
उद्देश्यः
रामग्राम जेसिजका अध्यक्ष सन्दिप अग्रहरीले आफ्नो जन्मदिनको अवसर पारेर रुखबाट लडेर घाईते भएका छोटु सहानीको उपचारका लागि सहयोग हस्तान्तरण गर्नुभएको । रामग्राम–१७ देवगाउका छोटुको उपचारका लागि नगद ५ हजार ५ सय ५५ रुपैयाँ मानविय सेवानै जिवनको सर्वोत्तम कार्य भन्ने जेसिजको मुलमन्त्रलाई अनुसरण गर्दै छोटुको उपचारका लागि छोटुका बाबु अमेरिका सहानीलाई हस्तान्तरण गरिएको । चार महिना अगाडि आँपको रुखबाट लडेर गम्भिर घाईते भएका छोटुलाई भैरहवाको युनिर्भसल मेडिकल कलेजमा उपचार गरि केही दिन अगाडि मात्रै घर ल्याईएको छ । तर उनको शरिरको एक भाग चल्दैन । घरमै राखेर स्याहार सुसार गरी पौष्टिक आहार खुवाउन चिकित्सकले सुझाव दिएकाले घरमै ल्याएर छोराको हेरचाह गरिरहेको बाबु अमेरिकाले बताउनु भयो ।

JCI Events Archive