रामग्राम जेसीजद्धारा निःशुल्क दन्त शिविर
2018-11-01 / 2018-11-01     11:00:00am - 01:00:00pm    
Location : रामग्राम १६ अमहवा Organized By : JCI Ramgram


जेसीज सप्ताहको दोस्रो दिन - निःशुल्क दन्त शिविर
जेसीज सप्ताह २०१८ को दोस्रो दिन पश्चिम नवलपरासीको रामग्राम १६ अमहवा स्थित बुद्धज्योति प्राविका विद्यार्थीहरुका लागि निःशुल्क दन्त शिविर तथा टुथपेष्ट, ब्रस, साबुन, नेल कटर लगायतका सरसफाई सामग्री वितरण कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा विद्यालयका ६५ जना विद्यार्थीको दन्त परिक्षण गरिनुका साथै उक्त सामग्री वितरण गरिएको थियो । शिविरमा डा.प्रतिक्षा पौडेल र डा.सुनिता अग्रहरीले परिक्षण गर्नुभएको थियो । विद्यार्थीमा दैनिक सरसफाईको विषयमा चेतना भएको तथा दाँतको सरसफाईमा ध्यान दिनुपर्नेमा सचेत भएको ।
आयोजक -रामग्राम जेसीज वर्ष २०१८
अध्यक्षता ः जेसी मुक्तिप्रसाद पौडेल, 

प्रमुख अतिथि रामग्राम नगर उपप्रमुख रम्भा कुंवर,

 कार्यक्रम संयोजक पुष्पा खनाल

JCI Events Archive