रामग्राम जेसीजद्धारा बृक्षारोपण, शैक्षिक तथा खेलकुद सामग्री वितरण
2018-11-04 / 2018-11-04     11:00:00am - 02:00:00pm    
Location : नगरपालिका वडा नं. १८ बन्जरिया Organized By : JCI Ramgram


जेसीज सप्ताहको पाँचौ दिन -बृक्षारोपण, शैक्षिक तथा खेलकुद सामग्री वितरण
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १८ बन्जरिया धरमपुरस्थित ज्ञानज्योति आधारभूत विद्यालयमा रामग्राम जेसीज परासीको आयोजनामा सन्चालित जेसीज सप्ताह २०१८ अन्तरगत पाँचौ दिन बृक्षारोपण, खेलकुदका सामग्री तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण कार्यक्रम गरियो । कार्यक्रममा दश जना अति विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालयलाई खेलकुद सामग्री वितरण गरिएको थियो । यसैगरी वातावरण हरियाली र सुन्दर बनाउन अभिप्रेरित गर्ने उद्देश्यले विद्यालय प्राङगणमा बृक्षारोपण पनि गरिएको थियो ।
अध्यक्षता -जेसी मुक्तिप्रसाद पौडेल
प्रमुख अतिथि - वडा सदस्य एवं विद्यालय व्यवस्थापन समिति सदस्य तारा नेपाली
कार्यक्रम संयोजक - जेसी सन्दीप अग्रहरी

JCI Events Archive