Training Week-2021
2021-05-31 / 2021-06-06     Host Chapter: Butwal

Location : Butwal Organized By : JCI


बाट :                         लाई :
महासचिव                       निरुपित राष्ट्रिय कार्यकारीणि उपाध्यक्ष
जेसी विनोद घिमिरे                    निरुपित राष्ट्रिय उपाध्यक्ष
बुटवल जेसीज वर्ष २०२१                  महासचिव नेपाल जेसीज
                                     थापाथलि, काठमाण्डौ

कार्यक्रम :  Training Week-2021
क्षेत्र   :  ब्यक्तिगत
संयोजक :  जेसी हरिविक्रम कुवँर
स्थान  :  भर्चुअल
मिति  :  जेठ १७ देखि  जेठ २३ तदनुसार ३१ मइ ६ जुन, २०२१
सहभागी :     जम्मा १२ सय जना
उद्देश्यः तालिमको माध्यमको युवाहरुको नेतृत्व तथा ब्यक्तित्व विकास गर्नु ।
पृष्ठभुमी:
जेसिज अभियान १८ देखि ४० वर्षका युवाहरुलाई नेतृत्वदायी भूमिकामा विकास गराउने एउटा विश्वव्यापी सञ्जाल हो । यही विश्वव्यापी सञ्जालको एक अशं हो–बुटवल जेसीज । जसको स्थापना सन् १९७४ मा भएको हो । नेपाल जेसीजको पुरानो शाखाको रुपमा परिचित बुटवल जेसीजले वर्ष २०२१ को सुरुवातमै राष्ट्रिय स्तरको कार्यक्रम ल्इःरीइः ीभबमभचक ब्अबमझथ सम्पन्न गर्न सफल भयो । कोरोना कहरका कारण देश नै ठप्प भएको अवस्थामा बुटवल जेसीजले फरक तरिकाले आफ्नो वार्षिक कार्य योजनालाई कार्यान्वयन गर्ने लक्ष्य अनुसार अघि बढ्यो । राहत वितरण तथा जनचेतना फैलाउने कार्यमा बुटवल जेसीजले अग्रभागमा खटेर कार्य सम्पादन गर्यो । यता कोरोनाको कारण बन्दाबन्दीको अवस्थामा रहेका युवाहरुको मानसिकतालाई बलियो बनाउन तथा नेतृत्व ब्यक्तित्व विकास गर्नको लागि विभिन्न तालिमहरु पनि सञ्चालनमा ल्यायो । सोही तालिमहरु अन्तरगत भर्चुअलरुपमा तालिम सप्ताह २०२१ सम्पन्न भएको हो । सात दिन सात शिर्षकमा तालिमहरु भब्यरुपमा सम्पन्न भएको ब्यहोरा अनुरोध गर्दछौं ।

१.कार्यक्रमको मुख्य भाग
क. उद्घाटन समारोह

पहिलो दिनको तालिम : BOOST YOUR IMMUNITY 

कोरोना महामारिका विच बुटवल जेसीजले युवाहरुलाई सक्रिय नागरिक बनाउने अभियान रोकिनु हुदैन भन्ने हेतुले तालिम सप्ताह आयोजना गरेको हो । बुटवल जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी गोपाल प्रसाद चापागाईको अध्यक्षता,नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम आरम्भ भएको थियो । बुटवल जेसीजको लागि निरुपित राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष जेसी सुमनकृष्ण श्रेष्ठ, निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी पायल शर्मा, राष्ट्रिय कार्यकारिणि उपाध्यक्षज्यूहरु, नेपाल जेसीजका कानुनी सल्लाहकार जेसी गोकुल सापकोटा, महासचिव जेसी विकास मानान्धर, तालिम आयुक्त मनिष श्रेष्ठ, बुटवल जेसीजका पुर्व अध्यक्षज्यूहरु, विभिन्न शाखाका शाखा अध्यक्ष तथा पदाधिकारीहरुको कार्यक्रममा उपस्थिती रहेको थियो । बुटवल जेसीजनका महासचिव जेसी विनोद घिमिरेले सञ्चालन गर्नु भएको तालिम सप्ताह उद्घाटन समारोहमा तालिम सप्ताहका संयोजक तथा बुटवल जेसीजका कानुनी सल्लाहकार जेसी हरि विक्रम कुवँरले स्वात मन्तब्य राख्नु भएको थियो । बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेटर विन्ध्याकेशर जोशी, बुटवल जेसीज २०२१ का सल्लाहकार सिनेटर कृष्णदेव भण्डारी, नेपाल जेसीजका कानुनी सल्लाहकार जेसी गोकुल सापकोटाले कार्यक्रममा बोल्दै तालिम सफलताको लागि शुभकामना ब्यक्त गर्नु भएको थियो । उद्घाटन शत्रमा बोल्दै नेपाल जेसीज वर्ष २०२१ का राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले यो विषम परिस्थितीमा घरमै वसेर प्रविधिको प्रयोगबाट तालिम सिकाउने प्रयत्न गरेकामा बुटवल जेसीजलाई धन्यवाद दिदै जेसीजले तालिमको माध्यमबाट सकरात्मक सोच र युवाहरुको जिवनमा परिवर्तन ल्याउने बताउनु भयो ।
तालिम सप्तालको पहिलो दिन आर्ट अफ लिभिङका प्रशिक्षक पवन नेपालले  BOOST YOUR IMMUNITY  विषयमा तालिम प्रदान गर्नु भएको थियो । तालिममा सहभागिहरुले कोरोना महामारिमा उच्च मनोवलका साथ जिवन जिउन तालिमले महत्वपुर्ण सहयोग गरेको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रमको अन्त्यमा बुटवल जेसीजका अध्यक्ष जेसी गोपाल चापागाईंले यो महामारीको समयमा यस कार्यक्रमको माध्यमबाट आफनो रोग प्रतिरोधात्मक क्षमता तथा सकरात्मका सोँचको विकास हुने बताउदै पहिलो दिनको तालिमको समापन गर्नु भएको थियो ।

दोस्रो दिनको तालिम : संकटमा उद्यमशिलता सक्षमता विकास जीवन र जिविका बचाउने प्रयत्न

तालिम सप्ताहको दोस्रो दिनको तालिम पनि बुटवल जेसीजका अध्यक्ष जेसी गोपाल प्रसाद चापागाईंको अध्यक्षता तथा महासचिव विनोद घिमिरेको सञ्चालनमा जुन १ तारिखका दिन अपरान्ह ४ बजेदेखि आरम्भ भयो । कार्यक्रममा बुटवल जेसीजका उपाध्यक्ष जेसी मोहन न्यौपानेले आस्था पाठ गर्नु भएको थियो भने तालिम सप्ताहका संयोजक जेसी हरिविक्रम कुवँरले स्वागत मन्तब्य राख्नु भएको थियो । बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेटर निर्मल प्रसाद लाकौलले शुभकामना मन्तब्य राख्नु भएको तालिममा बुटवल जेसीजका सदस्यहरु तथा नेपाल जेसीजका विभिन्न शाखाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । दोस्रो दिनको तालिममा प्रमुख प्रशिक्षकको रुपमा मुकुन्द ज्ञवाली रहनु भएको थियो । वहाँले संकटमा उद्यमशिलता सक्षमता विकास जीवन र जिविका बचाउने प्रयत्न शिर्षकमा तालिम प्रदान गर्नु भएको थियो । सहभागिहरुले तालिम पछि वहाँसंग अन्तरक्रिया समेत गरेका थिए । तालिमको समापनमा बोल्दै नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी रजनि थापा, राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष भोजराज चापागाई लगाएतले बोल्दै बुटवल जेसीजले समय सान्र्धभिक तालिमको आयोजना गरेको बताउदैं तालिम पु्र्ण रुपमा उपलब्धि मुलक रहेको बताउनु भएको थियो ।
तेस्रो दिनको तालिम : EFFECTIVE PUBLIC SPEAKING TRAINING

सदैको दिन जस्तै बुटवल जेसीजले आयोजना गरेको तालिम सप्ताहको तेस्रो दिनको तालिम EFFECTIVE PUBLIC SPEAKING TRAINING पनि दिनको ठिक ४ बजे बुटवल जेसीजका महासचिव जेसीजका महासचिव जेसी विनोद घिमिरेको सञ्चालन तथा बुटवल जेसीजका अध्यक्ष जेसी गोपाल प्रसाद चापागाईको अध्यक्षतामा सुरु भयो । कार्यक्रममा बोल्दै बुटवल जेसीजका पुर्व अध्यक्ष, नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष तथा जेसीआईका पुर्व उपाध्यक्ष सिनेटर अनुपमान सैंजु, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी दिपेन्द्र निरौंला, बुटवल जेसीज वर्ष २०२१ सल्लाहकार सिनेटर कृष्णदेव भण्डारी लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । तालिमको सहजिकरण बुटवल जेसीजका पुर्व अध्यक्ष जेसी गोपाल प्रसाद अधिकारी र नेपाल जेसीजका प्रशिक्षक जेसी रमेश अर्यालले गर्नु भएको थियो । तालिमको समापनमा बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेटर गोपाल पाण्डे, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष द्धय जेसी कल्पना पाण्डे, जेसी विमला सुवेदी कार्कीले बोल्दै पुरानो र नयाँ पुस्ताका चर्चित प्रशिक्षकहरुको प्रशिक्षणको कारण तालिम अत्यन्त फलदायी रहेको टिप्पणि गर्नु भएको थियो । 

चौथो दिनको तालिम : EFFECTIVE PARENTING

लकडाउनको कारण बन्दाबन्दीमा रहेका युवाहरुले घरमै बसेर नेतृत्व तथा ब्यक्तित्व र विभिन्न विषयमा ज्ञान हासिल भन्ने लक्ष्यका साथ आयोजना गरिएको तालिम सप्ताहको चौथो दिनको तालिम पनि बुटवल जेसीजका अध्यक्ष जेसी गोपाल प्रसाद चापागाईको अध्यक्षतामा आरम्भ भयो । बुटवल जेसीजका पुर्व अध्यक्ष तथा नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर जगत बहादुर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बुटवल जेसीजका महासचिव जेसी विनोद घिमिरेको सञ्चालन, तालिम सप्ताहका संयोजक जेसी हरिविक्रम कुँवरको स्वागत तथा बुटवल जेसीज वर्ष २०२१ का ग्रोथ चियरमेन जेसी यदुमणि पोख्रेलको आस्था पाठ रहेको थियो पोख्रल। नेपाल जेसीजका प्रशिक्षक, लाईफ कोच तथा एनएलपि कोच राजावावु शाख प्रमुख प्रशिक्षक रहनु भएको तालिममा बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेटर निर्मल प्रसाद लाकौल, जेसीआई सिर्दाथ लेडिका अध्यक्ष जेसी रिमा न्यौपाने, बुटवल जेसीजको लागि निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी पायल शर्मा, कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर जगत बहादुर पोख्रेल लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । त्यस लगत्तै विषयमा प्रमुख प्रशिक्षक राजावावु शाहले प्रशिक्षण आरम्भ गर्नु भएको थियो । करिब ३ घण्टा सम्म सञ्चालन भएको तालिमा असल अभिभावक कला सम्बन्धी विषयमा प्रशिक्षण भएको थियो ।   

पाचौं दिनको तालिमTRAINING ON SHARE MARKET

बुटवल जेसीजको तालिम सप्ताहको पाचौं दिनको तालिम TRAINING ON SHARE MARKET विषयमा सम्पन्न भयो । नेपाली शेयर बजारका विज्ञहरु सुमित शाक्य र आर के गिरिले शेयर मार्केट अन्तरगत टेक्निकल एनलाईसिस र फण्डामेण्डल एनलाईसि विषयमा प्रशिक्षण दिनु भएको थियो । बुटवल जेसीजका महासचिव जेसी विनोद घिमिरेको सञ्चालन, बुटवल जेसीजका अध्यक्ष जेसी गोपाल प्रसाद चापागाईको अध्यक्षता तथा नेपाल जेसीज वर्ष २०२१ को लागि राष्टिय कानुनी सल्लाहकार जेसी गोकुल सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेटर टंक प्रसाद पोख्रेल लगाएतले मन्तब्य राख्नु भएको थियो ।

छैठौं दिनको तालिम : COVID AND HEALTH

तालिम सप्ताहको छैठौं दिन कोरोना र स्वास्थ्य विषयमा तालिम सम्पन्न भयो । बुटवल जेसीजका अध्यक्ष जेसी गोपाल चापागाईंको अध्यक्षता, मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय सभापति गोविन्द खनालको प्रमुख आतिथ्यता, बुटवल जेसीजका महासचिव जेसी विनोद घिमिरेको सञ्चालन, तालिम सप्ताह संयोजक जेसी हरिविक्रम कुवँरको स्वागत रहेको कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठक प्रमुख प्रशिक्षक रहनु भएको थियो ।
कोरोना महामारिको कारण अस्पतालमा बेड र अक्सिजनको अभावले संकट उत्पन्न भइ आम मानिस मानसिकरुपमा आक्रान्त भएको समयमा कोरोना, उपचार र बच्ने उपायको बारेमा जानकारी गराउने हेतुले यो तालिम आयोजना गरिएको थियो ।
तालिमको समापनमा बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेटर कृष्ण कुमार श्रेष्ठ, प्रमुख अतिथि मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय सभापति गोविन्द खनाल लगायतले बोल्दै स्वास्थ्य र मानव अधिकार एक सिक्काको दुइपाटा भएको कुरा आम युवाहरु जानकारी दिन र कोरोनाबाट बच्नकोलाई सचेतना फैलाउन तालिम सफल भएको बताउनु भएको थियो । 

सातौं दिनको तालिम : POLITICS, YOUTH AND LEADERSHIP

नियमित रुपमा सञ्चालन भईरहेको तालिम सप्ताह २०२१ कोरोना महामारिका कारण सातौं दिनको तालिम केहि दिन पछि सम्पन्न हुन पुग्यो । सातौं दिनको तालिम तथा समापन समारोह बुटवल जेसीजका अध्यक्ष जेसी गोपाल चापागाईंको अध्यक्षता, नेपाली कांग्रेसका केन्द्रिय सदस्यय तथा एइीक्ष्त्क्ष्ऋक्, थ्इग्त्ज् ब्ल्म् ीभ्ब्म्भ्च्क्ज्क्ष्ए विषयक तालिमका प्रमुख बद्रि पाण्डेको प्रमुख आतिथ्यता, नेपाल जेसीजका राष्टिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बुटवल जेसीजको लागि निरुपित राष्टिय उपाध्यक्ष जेसी पायल शर्मा, बुटवल जेसीजका पुर्व अध्यक्ष विमलराज भट्टराई लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
करिव २ घण्टा सम्म चलेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षक बद्रि पाण्डेले युवाहरुको बर्तमान अवस्था, बर्तमान राजनिति र देशको भविश्यबारे गहनरुपमा प्रस्तुती दिनु भएको थियो ।
समापन समारोहमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले साप्ताहिक रुपमा जेसीजको क्षेत्रलाई अवलम्बन गरि जेसीज तथा नन जेसीज हरुलाई विभिन्न विधाका तालिमहरु प्रदान गरेकोमा बुटवल जेसीजलाई धन्यवाद दिदै यस्ता कार्यक्रमहरु बाट नन जेसीज हरुलाई तथा समुदायमा जेसीजको साख बढने कुरा व्यक्त गनुभयो ।
विषेशगरि युवा र राजनिति लाई समेटिएर राखिएको उक्त कार्यक्रमको सञ्चालन बुटवल जेसीजका महासचिव जेसी विनोद घिमिरेको सञ्चालन, तालिम सप्ताह संयोजक जेसी हरिविक्रम कुवँरको स्वागत र आस्था पाठ जेसी चन्द्रमणि भुसालले गर्नुभएको थियो ।

JCI Events Archive