वीरता जेसीजको स्मारिका ‘हाम्रो आस्था’ विमोचन
2018-12-21 / 2018-12-21     04:00:00pm - 05:00:00pm    
Location : बिर्तामोड १, झापा Organized By : JCI Birta



वीरता जेसीजको ‘हाम्रो आस्था’ विमोचन
पुस ६ अर्थात डिसेम्बर २१ तारिक शुक्रबार वीरता जेसीज सन् २०१८ले प्रकाशन गरेको ‘हाम्रो आस्था’ स्मारिकाको विमोचन गरिएको छ ।
वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको समारोहमा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटी लगायतका अतिथिले स्मारिकाको विमोचन गरेका थिए । प्रमुख अतिथि शिवाकोटीसहित वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, दीर्घकालीन योजना सभापति राजकुमार पोखरेल, सन् २०१८का अध्यक्ष गिरी, सन् २०१९का अध्यक्ष विशाल थापा, शाखा सम्पादक तुलसीप्रसाद निरौलाले सामुहिक रुपमा स्मारिकाको विमोचन गरेका हुन् ।
उक्त अवसरमा स्मारिका प्रकाशनको प्राविधिक पक्षमा विशेष सहयोग गर्ने अग्रज सञ्चारकर्मी तथा शिक्षासेवी लक्ष्मण ढकाल, कम्प्युटर प्राविधिक रुपा मुखियालाई कदर पत्र प्रदान गरिएको थियो । त्यस्तै स्मारिका प्रकाशनमा सहयोग गर्ने पूर्वाञ्चल दैनिकलाई समेत कदर पत्र प्रदान गरिएको थियो । व्यवस्थापक चन्द्रकान्त ढकालले कदरपत्र प्रदान गरेका थिए । पूर्वअध्यक्ष सुरेश बंशललाई समेत कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन महासचिव बिनोद पाण्डेले गरेका थिए भने शाखा सम्पादक निरौलाले आस्था वाचन गरेका थिए ।
वीरता जेसीजको बर्षभरिको गतिविधिसहित इतिहास तथा विभिन्न उत्प्रेरक लेख, रचना समेटिएको स्मारिका १५६ पृष्ठको रहेको छ ।



JCI Events Archive