3days mobile photography workshop for traffic police.
2019-02-10 / 2019-02-13     07:00:00am - 09:00:00am    
Location : Metropolitan traffic police Division Ramshah path Organized By : JCI Kathmandu Lady


जेसिआई काठ्माण्डौ लेडी नेपाल की अधक्ष्य जेसी अर्चना श्रेष्ठ मुनंकर्मी ज्यु को सभापतित्व मा ट्राफिक प्रहरी हरूलाई लक्षित गरि दुर्घटना स्थल मा दुर्भाग्यबस कुनै घटना भएमा पिडित ले न्याय पाउन सकोस , कुनै निर्दोष व्यक्ति पिडित हुन नपरोस भन्ने उदेश्य का साथ ३ दिने फोटोग्राफी तालिम मा मोबाइल क्यामरा मा केन्द्रित गरेर फोटोग्राफी सम्बन्धित तालिम जस्मा क्यामराको किसिम , कार्य , मोड र चलाउने तरिका , दुर्घटना स्थलमा कुन तरिका ले खिच्दा राम्रो स्पस्ट देखिने , राति को समय कसरी मोबाइल क्यामरा प्रयोग गर्ने आदि तालिम प्रसिक्षक द्वय श्री कमल प्रजापति तथा प्रबिण टक्की कार्की ज्युले प्रसिक्षण दिनु भएको थियो | बरिष्ठ फोटोग्राफर श्री राजभाइ सुवाल ज्यु ले  प्रशिक्षाथीॅहरु लाई दुर्घटना श्रीजीत गरेर बाटोमा प्रयोगयात्मक कक्षा संचालन तथा अभ्यास गराउनु भएको थियो | चौथो दिन जेसी सजना नकर्मी ज्यु ले उत्प्रेणात्मकमुलक कक्षा सचालन गर्नु भएको थियो| समापन कार्यक्रममा प्रमुख अतिथि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथ का एस् एस् पी श्री बसन्त पन्त ज्यु ले जेसिआई काठ्माण्डौ लेडी नेपालले ट्राफिक प्रहरीलाइ समाबेस गरिएर कार्यक्रम संचालन गर्नु भएको मा धन्यबाद दिदै सह्रानीय कामको उच्च मुल्याकन गर्नु भै ५५ जना प्रशिक्षाथीॅहरु लाई प्रमाणपत्र बितरण पनि गरिएको थियो| स्वागत कार्यकारिणी उपाध्क्षय जेसी सारदा नापित ज्यु , धन्यबाद संयोजिका जेसी सुमा श्रेष्ठ तथा उदघोषिका जेसी अप्सरा आचार्य भट्टराई ले गर्नु भएको थियो |

JCI Events Archive