शैक्षिक सामग्री तथा पोषाक वितरण कार्यक्रम
2019-02-24 / 2019-02-24     01:00:00pm - 03:05:00pm    
Location : बाल सुधार माध्यमिक बिद्यालय, सराङ्गकोट Organized By : JCI Pokhara


शैक्षिक सामग्री तथा पोषाक वितरण कार्यक्रम

जेसिआइ पोखराले पोखरा महानगरपालिका वडा नं. १८ सराङ्गकोटमा अवस्थित बाल सुधार माध्यमिक बिद्यालयमा शिक्षा दिवसको अवसरमा आइतबार शैक्षिक सामाग्री वितरण गरेको छ । जेसिआइ पोखराको अभियान १ रुपैयाँ सिजन २ अन्तर्गत उक्त विद्यालयमा शैक्षिक सामाग्रीको आवश्यकता महसुस गरेर शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेको हो । उक्त विद्यालयमा १८ वर्ष मुनिका ६५ जना बालबालिकाहरु अध्ययनरत रहेका छन् । शैक्षिक सामाग्री वितरण गर्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले भुलवस भएका गल्तीहरुले गर्दा यस ठाउँमा आउनु परेको भन्दै ती गल्तीहरुलाई सुधार गरेमा सभ्य र सवल नागरिक बन्न सकिने बताएका थिए । विद्यालयका प्रधानाध्यापक विष्णुहरि तिमिल्सिनाले अन्जानमा बिभिन्न कारणले राज्यको सुबिधा बाट बन्चित बालबालिकाहरुलाई पुनर्स्थापनाका लागि विद्यालयको स्थापना गरिएको जानकारी दिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष रणबहादुर थापा, पोखरा महानगरपालिकाका सामाजिक महाशाखाका कल्पना सापकोटा, पोखरा जेसिज बर्ष १९९४ का अध्यक्ष नारायणप्रसाद शर्मा, पोखरा जेसिसका पूर्व अध्यक्ष तथा नेपाल जेसिसका पूर्व उपाध्यक्ष गोविन्दप्रसाद देवकोटा लगायतले बोलेका थिए । उक्त कार्यक्रमलाई सम्पन्न गर्नको लागि बविन टेलरिङ एण्ड सर्टिङ सुटिङ, हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था, नव विद्यासदन स्टेशनरी, माछापुच्छ्े स्टेशनरीले सहयोग गरेको थियो । कार्यक्रममा संयोजक तथा बर्ष २०१९ का निर्देशक जेसि सुमन पहारीले धन्यबाद व्यक्त गरेका थिए भने स्वागत विद्यालयका प्रअ विष्णुहरि तिमिल्सिनाले गरेका थिए । पोखरा जेसिजका अध्यक्ष जेसी सन्तोष शाहीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव जेसि शक्ति बरुवालले गरेका थिए । सराङ्गकोटमै जेसीजको सहयोगमा निर्माण गरिएको मणिज्योती आधारभूत विद्यालयलाई जेसीजले वर्षेनी विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको छ ।


JCI Events Archive