बुटवल जेसीजको ४५ औँ पदस्थापन समारोह
2019-01-28 / 2019-01-28     11:00:00am - 02:00:00pm    
Location : Butwal Organized By : JCI Butwal


कार्यक्रम ः ४५ औँ पदस्थापन समारोह
क्षेत्र ः व्यक्तिगत
संयोजक ः बुटवल जेसीज
स्थान ः एसीयन पार्टी प्यालेस, बुटवल
मिति ः २०७५ माघ १४ गते सोमबार तदनुसार जनवरी २८, २०१९
प्रमुखअतिथि ः माननीय श्री मिनेन्द्र रिजाल
सहभागी ः ६०जनामहिला
    २५० जना पुरुष
    जम्मा ३१० जना
उद्देश्यः
बुटवल जेसीजवर्ष २०१८ को कार्यसमितिबाट बुटवल जेसीज ४५औँ अधिवेशनबाट निर्वाचित कार्य समितिलाई पदभार हस्तान्तरण गर्नु ।
कार्यक्रमको संक्षिप्त विवरणः
नेपाल सरकारबाट पूर्व संचार मन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय श्री मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा बुटवल जेसीजले आफ्नो ४५औँ पदस्थापन कार्यक्रम बुटवलमा अवस्थित एसीयन पार्टी प्यालेसको हलमा मिति २०७५ माघ १४ गते सोमबारका दिन सम्पन्न गरेको थियो । विशिष्ट अतिथिको रुपमा  नेपाल जेसीज–२०१८ का राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालको उपस्थिती रहेको थियो । 

उक्त कार्यक्रममा बुटवल जेसीज–२०१४ का उत्कृष्ट युवाबाट पुरस्कृत देवदह नगरपालिकाका मेयर हीरा बहादुर के.सी., नेपाल जेसीजका पुर्व  राष्ट्रिय अध्यक्ष सिनेटर जगत बहादुर पोखरेल तथा निरुपित  राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसी मिलन पाैडेल, निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी अर्जुन अधिकारी लगाएतले अतिथिको भूमिका निभाउनु भएको थियो ।

प्रमुख अतिथिज्यूको आगमनसँगै पर्खाइमा बसेका हाम्रा अतिथिहरुले आफ्नो पर्खाइको पिडा बिर्सँदै कार्यक्रमको अन्तिम क्षणसम्म हामीलाई निरन्तर साथ दिनुभएको थियो । उक्त कार्यक्रममा बुटवल जेसीजकापूर्व अध्यक्षज्यूहरुको उल्लेखनीय उपस्थितिले कार्यक्रमको शोभा बढाइदिनुका साथै अभिभावकको भूमिकमा समेत निभाउनु भएको थियो । जसले हामीलाई थप हौसला प्रदान भएको थियो । हाम्रो निमन्त्रणालाई स्वीकार्दै हाम्रा छिमेकी शाखाहरु बुटवल महिला जेसीज, तिलोत्तमा जेसीज, भलवारी जेसीज, सिद्धार्थ नगर जेसीज, देवदह जेसीज, सैनामैना जेसीज, कपिलवस्तु जेसीज, रामग्राम जेसीज, रामग्राममहलिा जेसीजलगायतका शाखाहरुबाट अध्यक्षका साथै सदस्य साथीहरुको उपस्थितिले हाम्रो छिमेकी शाखासँगको सम्बन्धलाई अझै सुमधुर बनाउन सफलभएको थियो ।उक्त कार्यक्रम मार्फत बुटवल जेसीजवर्ष २०१९ का अध्यक्ष जेसी नरदेव न्यौपानेज्यूले बुटवल जेसीजले नवीन सोँचले कार्य गर्नेउ द्घोष गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष जेसी कमल भण्डारी र जेसी लालमणि भण्डारीको उपस्थिती रहेको थियो । कार्यक्रम बुटवल जेसीजका उपाअध्यक्ष जेसी रमेश अर्यालको सञ्चालनमा भएको थियो । वर्ष–२०१९ काअ ध्यक्ष जेसी नरदेव न्यौपानेले विभिन्न पदमा मनोनित गरी कार्यसमिति सदस्यलाई पूर्णता दिनुभएको थियो । बुटवल जेसीजकापूर्व अध्यक्षज्यूहरुको समुपस्थितिमावर्ष–२०१८ काअध्यक्ष जेसीयम प्रसादतिवारीले आफ्नो गलाबाट वर्ष–२०१९ का अध्यक्ष जेसी नरदेव न्यौपानेको गलामा चेन हस्तान्तरण गर्दै कार्यभार सुम्पनु भएको थियो । उक्त कार्यक्रममा अतिथिहरु सहित करिब ३१०जनाको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा डा. सन्तोष पोख्रललाई उत्कृष्ट युवाद्वारा सम्मानीतगरिएको थियो ।

नमस्तेएफ.एम.का स्टेशनम्यानेजर डायलसन अधिकारीलाई श्री गणेशमान सैँजू बुटवल जेसिज उत्कृष्ट प्रत्रकारिता पुरस्कार द्वारा सम्मानीत गरिएको थियो ।सोही कार्यक्रममा बुटवल जेसीज २०१८ का अध्यक्ष जेसी यम प्रसाद तिवारीले मायाको चिनो बाट बचत गरी रु ३५,५५५। मानव सेवा अश्रम बुटवललाई प्रदान गरि उदारहरणिय कार्य प्रस्तुतगर्न भयो । – वर्ष २०१९ काे लागि (Rise Above to Shine) थिम प्रस्तुतगरिएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधी, विभिन्न सञ्चार माध्यमका पत्रकार ज्यूहरु, हाम्रो निमन्त्रणालाई स्वीकार्दै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिले कार्यक्रमको गौरव बढेको देखिन्थ्यो । कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरुले वर्ष–२०१८ लाई बधाई तथा वर्ष–२०१९लाई सफलकार्यकालको शुभकामना दिनुभएको थियो । कार्यक्रमको अन्त्यमा दिवाभोजसँगै कार्यक्रम समापन भएको थियो ।

 


JCI Events Archive