JCI Udayapur Badminton Tournament 2075
2019-02-23 / 2019-02-23     07:00:00am - 08:00:00pm     Host Chapter: Udayapur

Location : Udayapur Organized By : JCI


६९औं प्रजातन्त्र दिवसको अवसरमा दोस्रो उदयपुर जेसीज खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७५ सम्पन्न भएको छ !

प्रत्येक बर्ष प्रजातन्त्र दिवशको अवसर पारेर आयोजना गरिने ब्याडमिन्टन प्रतियोगिता यस पटक पनि फाल्गुन ११ गते शनिबारको दिन सम्पन्न भएको छ ! प्रमुख अतिथि त्रि.न.पा. का मेयर श्री बलदेव चौधरी ज्यु को आथित्वमा गरिएको उक्त प्रतियोगितामा उदयपुर लगायत सिरहा, सप्तरीका खिलाडीहरुको पनि सहभागिता रहेको थियो ! करिब ४० जोडी रहेको उक्त खेलमा दुईओटा इभेन्ट्स रहेको थियो भेट्रान्स डबल्स र ओपन मेन्स डबल्स !

भेट्रान्स डबल्समा बिजेता हुनुभएकाहरुको नाम यसप्रकार रहेको छ !

तृतीय बिजेता:-
१. लक्ष जङ्ग ठकुरी र हरी प्रकाश गुप्ता
२. केशब कार्की र गोबिन्द थापा

द्वितीय बिजेता:-
१. दिपक राई र बिक्रम सिंह खड्का

प्रथम बिजेता:-
१. बल बहादुर कार्की र चित्र थापा

त्यसैगरी ओपन मेन्स डबल्समा बिजेता हुनुभएकाहरुको नाम यसप्रकार रहेको छ !

तृतीय बिजेता:-
१. रुबेन राई र वसन्त कटुवाल
२. बादल खतिवडा र मनोज खड्का

द्वितीय बिजेता:-
१. हिमाल श्रेष्ठ र सरोज खवास

प्रथम बिजेता:-
१. बल बहादुर कार्की र चित्र थापा

JCI Events Archive