प्रतिवेदन : बुटवल जेसीजको आतिथ्यतामा बहुशाखा लोम अफिसर तालिम सम्पन्न
2019-02-23 / 2019-02-23     09:00:00am - 02:00:00pm    
Location : Butwal Organized By : JCI Butwal


लाई
 निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष ज्यू र निरुपित  राष्ट्रिय उपाध्यक्ष ज्यू                                                                                                                                                    महासिचव ज्यू                                                                                                                                                                                                                                            नेपाल जेसीज                                                                                                                                                                                                                                        थापाथली, काठमाडौ


बहुशाखा लोम अफिसर तालिम (Multi-Chapter LOM officers Training )

पृष्ठभुमीः
    जेसिज अभियान, १८ देखि ४० वर्षका युवाहरुलाई नेतृत्वदायी भूमिकामा विकास गराउने एउटा विश्वव्यापी सञ्जाल हो । यही विश्वव्यापी सञ्जालको एक अशं हो–बुटवल जेसीज । जसको स्थापना सन् १९७४ मा भएको हो ।   स्थापना काल देखि नै बुटवल जेसीजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासको क्षेत्रमा काम गर्दै आएको छ । विशेषगरी जेसीजले व्यक्तिगत, व्यवसायिक, सामुदायीक र अन्तराष्ट्रिय क्षेत्रमायुवाहरुलाइ नेतृत्वदायी भूमिकामा सक्रिय बनाउने योजनाका साथ आफ्ना कार्यक्रमहरु केन्द्रित गर्ने गर्दछ ।

http://shrinagaronlinemedia.com/archives/3899?fbclid=IwAR3owF668q6CrG1_J4UZvhIi1pCez2mOmpBKqftwPQQO6ELAyJs5jLp_Bvk
नेपाल जेसीजको सक्रिय सदस्य शाखाको रूपमा स्थापित भै सकेको बुटवल जेसीजले सुगममा मात्र होईन दुरदराजमा पनि यसका गतिविधिलाई सञ्चालन गर्नुपर्दछ भन्ने सोचका साथ १८ देखि ४० वर्षसम्मका युवाहरूलाई यकत्रित गर्न सधै लागिपरे को छ । परिणामत बुटवल जेसीजले सन १९८८ मा बाग्लुङ जेसीजको स्थापना गरे को थियो  । यसै गरी महिलाहरूलाइ पनि जेसीजका अभियानमा सक्रिय बनाई उनीहरूमा पनि नेतृत्व र व्यक्त्विको विकास गराउनु पर्दछ भन्ने मान्यताबाट अभिप्रेरित भएर सन १९९६ मा बुटवल महिला जेसीजको स्थापना गरेको थियो  । यसै गरी वर्ष २००० मा नवलपरासीको रामग्राम जेसीज, वर्ष २००३ मा रूपन्देहीको भलवारी जेसीज, वर्ष २०१५ मा सैनामैना र देवदह जेसीजको स्थापना गरी जेसीज अभियानलाई मुर्तरूप दिएको थियो  । वर्ष २०१९ मा आई पुग्दा बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले मातृत्व प्रदान गरेका शाखा र छिमेकी शाखासंग सहकार्यलाई प्राथमिकता दिनु भयो । फलत मातृत्व प्रदान गरेका शाखा र छिमेकी शाखालाई समेटि  (Multi-Chapter LOM officers Training ) सम्पन्न भएको छ । बुटवल जेसीजको इतिहास मै पहिलो पटक यसरी बहुशाखा तालिम भएको हो ।
कार्यक्रम :  (Multi-Chapter LOM officers Training )
क्षेत्र :         ब्यक्तिगत
संयोजक :  बुटवल जेसीज सचिवालय
स्थान :   बुटवल जेसीजको तालिम हल
मिति  :   २०७५ फागुन ११ गते शनिवार 23th Feb, 2019
सहभागी :    महिला १५ जना, पुरुष ५५ जना
                  जम्मा : ७० जना
उद्देश्यः
पदाधिकारीलाई काम,कर्तब्य र अधिकारबारे जानकारी गराउने
कार्यविधि : प्रशिक्षण
कार्यक्रमको संक्षिप्त विवरण :
बुटवल जेसीज वर्ष २०१९ को कार्यभार सम्हाले लगत्तै अध्यक्ष नरदेव न्यौपानेले सामुहितामा जोड दिदै बहुशाखा तालिमलाई प्राथमिकता दिनु भएको थियो । सोही अनुरुप यस क्षेत्रमा बुटवल जेसीजले मातृत्व प्रदान गरेका शाखाहरु बुटवल महिला जेसीज, रामग्राम जेसीज, देवदह जेसीज, भलवारी जेसीज, छिमेकी शाखाहरु कपिलवस्तु जेसीज, तिलोत्तमा जेसीज, रामग्राम महिला जेसीज र प्रस्तावित वुद्धभूमि जेसीज संग छलफल गरी संयुक्त रुपमा बुहशाखा पदाधिकारी तालिम सम्पन्न भएको हो ।


सवै शाखा अध्यक्षहरु र पदाधिकारीको कार्यक्रममा उपस्थिति रहेको थियो । नेपाल जेसीज क्षेत्र घ को लागि निरुपीत राष्ट्रिय उपाध्यक्ष जेसी अर्जुन अधिकारीज्यूले पानसमा दिप प्रज्जवलन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । यस्तै तालिमको आतिथ्यता गरेको शाखा बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले स्वागत मन्तब्य र रामग्राम जेसीजका अध्यक्ष जेसी नारायण सुवेदीले आस्था पाठ गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन बुटवल जेसीजका महासचिव राजिव गौतमले गर्नु भएको थियो । 


उद्घाटन समारोहमा नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर अनुपमान सैजु तथा बुटवल जेसीजका पुर्व अध्यक्ष र सल्लाहकारज्यूहरुको उपस्थिती रहेको थियो । तालिममा नेपाल जेसीजका पुर्व कार्यकारीणी उपाध्यक्ष तथा जेसीआई नेपाल फाउण्डेसनका अध्यक्ष सिनेटर तिर्थ राज पौडेलले प्रमुख प्रशिक्षको रुपमा र नेपाल जेसीजका पुर्व कार्यकारीणी उपाध्यक्ष सिनेटर गोपाल प्रसाद पाण्डेले प्रशिक्षकको रुपमा सहजिकरण गर्नु भएको थियो ।


सैद्धान्तिक र ब्यवहारीक ज्ञान प्रदान गरिएको तालिम विहान ९ बजे देखि दिउँसो २ बजे सम्म सञ्चालन भएको थियो । समापन समारोहमा कपिलवस्तु जेसीजका अध्यक्ष खुमानन्द घिमिरे, देवदह जेुीजका अध्यक्ष जेसी केशव अधिकारी तिलोत्तमा जेसीजका अध्यक्ष जेपि भट्टराई लगाएतले बोल्दै तालिम उपलब्धि मुलक रहेको प्रतिक्रिया दिनु भएको थियो । यस्तै तालिममा सम्बोधन गर्दै नेपाल जेसीज क्षेत्र घ को लागि निरुपीत राष्ट्रिय उपाध्यक्ष जेसी अर्जुन अधिकारी कार्यक्रम कार्यक्रमको लागि मात्र नभई उपलब्धिकालागि आयोजना गर्न शाखा अध्यक्ष तथा पदाधिकारीहरुलाई सुझाव दिनु भएको थियो ।

अपेक्षित उपलब्धि
    पदाधिकारीहरुलाई काम कर्तब्यको बारेमा जानकारी गराउदै बन्धुत्वको भावनालाई थप प्रगाढ बनाउने
प्राप्त उपलब्धिहरु
    अपेक्षित उपलब्धिहरु सवै प्राप्त भएका छन् जस्तै पदाधिकारीहरुले आफ्नो काम कर्तब्यको बारेमा जानकारी पाउनु भएको छ भने बन्धुत्वको भावनालाई थप प्रगाढ बनाउन तालिमले महत्वपुर्ण भूमिका खेलेको छ ।
सिकाई
    प्रशिक्षणको माध्यमबाट उदेश्य अनुरुपको सिकाई प्राप्त भएको सहभागिहरुले प्रतिक्रिया दिनु भएको छ ।
मुल्याङकन :
    जेसीज अभियानलाई बलियो बनाउन यो तालिमले नयाँ आयाम थपेको र आगामाी दिनमा सहकार्य गर्न प्रेरणा थपेको मुल्याङकन छ भने पदिय जिम्मेवारीलाई कसरी पुरा गर्ने सन्दर्भमा अति उपयोगी मुलक कुराहरु तालिमबाट प्राप्त भएको हुदाँ ब्यहारिकरुपमा कार्यसम्पादनमा जुट्न सहयोग पुगेको मुल्याङन छ ।
सुझाब तथा सिफारीस:
  आगामी दिनमा पनि यसैगरी संयुक्त कार्यक्रम तथा तालिमहरुको आयोजना गर्नु पर्ने सुझाव तथा सिफारिहरु प्राप्त भएका छन् ।




JCI Events Archive