वीरता जेसीजद्धारा संविधान दिवसमा र्याली र दीप प्रज्ज्वलन
2018-09-19 / 2018-09-19     07:00:00am - 07:00:00pm    
Location : बिर्तामोड Organized By : JCI Birta


मुक्ति चौक र जेसीज सचिवालयमा दीप प्रज्ज्वलन
बिर्तामोड,असोज ३ ।
वीरता जेसीजले संविधान दिवसको अवसरमा बुधबार साँझ बिर्तामोडको मुक्ति चौक र जेसीज सचिवालयमा दीप प्रज्ज्वलन गरेको छ । त्यसअघि बिर्तामोड नगरपालिकाले गरेको र्यालीमा वीरता जेसीजले व्यानरसहित उल्लेख्य सहभागिता जनाएको थियो ।
नागरिकले संविधानमार्फत अधिकार प्राप्त गरेको खुशीयाली तथा संविधानको पूर्ण कार्यान्वयनका लागि दवाव दिदैं दीप प्रज्ज्वलन गरिएको वीरता जेसीजका अध्यक्ष एकराज गिरीले बताए ।
दीप प्रज्ज्वलनमा बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेसहित विभिन्न संस्थाले सहभागिता जनाएको वीरता जेसीजका कार्यक्रम संयोजक सुरेश खतिवडाले जानकारी दिए ।
मुक्तिचौकको आइलेण्ड वरिपरि तथा सचिवालयमा दीप प्रज्ज्वलन गरिएको थियो ।
दीप प्रज्ज्वलनमा वीरता लेडी जेसीज, एवीसी नेपाल,उद्यमी महिला संघ,महिला सुरक्षा दवाव समूह,महिला मुक्ति अभियान , समुदाय वातावरण तथा बालबालिका संघले समेत सहभागिता जनाएका थिए ।

JCI Events Archive