सकरात्मक सोच सम्बन्धी तालीम
2019-03-29 /     04:30:00pm - 07:15:00pm    
Location : स्कूल अफ ट्रेनिंग घोराही Organized By : JCI Dang Lady


                                                               मिति २०७५-१२-१५ गते शुक्रबार    दाङ महिला जेसीज को आयोजना मा अध्यक्ष जेसी रेखा शर्मा को अध्यक्षता मा प्रमुख् प्रशिक्षक प्रतीक्षा गौतम ज्यु को प्रमुख् आतिथ्यतामा उपाध्यक्ष जेसी जून कुमारी बुढा को संयोजकत्व मा घोराही को स्कूल अफ ट्रैनिंग को हलमा सकरात्मक सोच सम्बन्धी तालीम सम्पन्न भयो। जेसी बसन्ता भण्डारी ले आस्था पाठ को अगुवाई गर्नु भएको थियो।तालीम मा २७ जना को सहभागिता रहेको थियो। तालीम मा दाङ महिला जेसीज का पूर्ब अध्यक्ष ज्यु हरु जेसी नीरजा पोख्रेल, जेसी शुसिला पौडेल, जेसी बिन्दु कुँवर ,जेसी बीणा बीसी ज्यु को उपस्थिति रहेको थियो। प्रशिक्षक ज्यु ले सकारात्मक सोचाई ले नै सफलता प्रदान गर्दछ र मिठो तरिकाले जीवन जिउन सकिन्छ भन्दै सकारात्मक सोच को बारेमा जानकारी गराउनु भएको थियो। पूर्ब अध्यक्ष को तर्फ बाट जेसी शुसिला पौडेल ज्यु ले मन्तब्य राख्नु भएको थियो। धन्यवाद मन्तब्य दाङ महिला जेसीज की कार्यकारिणी उपाध्यक्ष जेसी ममता बिष्ट ज्यु ले गर्नु भएको थियो। कार्यक्रम को सहजिकरण महासचिव जेसी अनीता ढकाल ले गर्नु भएको थियो।

JCI Events Archive