स्वागत, सम्मान एवं अन्तरक्रिया कार्यक्रम
2019-03-30 / 2019-03-30     10:00:00am - 11:30:00am    
Location : Panauti - 6 Organized By : JCI Panauti


१६ चैत्र २०७५, पनौती

पनौती जेसीजले आज पनौतीमा स्वागत, सम्मान एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पनौती जेसीजका लागि निरुपित राष्ट्रीय उपाध्यक्ष जेसी भोजराज चापागाईको शाखा भ्रमणको क्रममा चापागाईलाई स्वागत गर्दे जेसीज अभियानका बिषयमा अन्तरक्रिया कार्यक्रम भएको शाखाका जनसम्पर्क अधिकारी रामसुदन केसीले जानकारी दिनुभयो ।

सो अबसरमा राष्ट्रीय उपाध्यक्ष चापागाईले जेसीज अभियान सफल निमित्त पनौती जेसीजले खेलेको भुमिकाको प्रशंसा गर्नुभयो । उहाँले पनौती जेसीजले पनौती नगरमा क्षेत्रका युवाहरुको क्षमता, व्यतित्व र नेतृत्व विकासका लागि आगामी दिनमा पनि निरन्तर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पनौती जेसीजका पुर्व अध्यक्षहरु राजेश कुमार श्रेष्ठ, राजाराम कर्माचार्य लगायतले युवाहरुको चौतर्फी विकासको लागि नेपाल जेसीजले खेलेको भुमिकाको प्रशंशा गर्दे उपाध्यक्ष चापागाई लगायत सम्पुर्ण राष्ट्रीय पदाधिकारीहरुको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम पनौती जेसीजका अध्यक्ष अनिस ब्लोन लामको अध्यक्षतामा सम्पन्न भएको थियो ।

JCI Events Archive