बालबालिका लाई सहयोग
2019-04-22 /     08:00:00am - 11:00:00am    
Location : बिजौरी दाङ Organized By : JCI Dang Lady


आज मिति२०७६-१-९ गते जेसीज सप्ताह को दोस्रो कार्यक्रम बालबालिका लाई सहयोग कार्यक्रम बिजौरी दाङ मा सम्पन्न। जेसी सुनीता थापाको संयोजकत्व मा जेसी रेखा शर्मा को अध्यक्षता मा नेपाल संस्कृत बिश्व  बिद्यालय शिक्षा अध्यक्ष रमेश प्रसाद ढकाल ज्यु को प्रमुख् आतिथ्यता मा सम्पन्न कार्यक्रम को सहजिकरण महासचिव जेसी अनीता ढकाल ले गर्नु भएको थियो।

       जेसीज सप्ताह कार्यक्रम को बारेमा मूल संयोजक जेसी जिबा भुसाल ज्यु ले जानकारी गराउनु भएको थियो। उक्त कार्यक्रम मा जेसी सूजन पौडेल ज्यु ले आस्थापाठ को अगुवाई गर्नु भएको थियो भने जेसी मंगला राणा ज्यु ले धन्यवाद मन्तब्य दिनु भएको थियो।

        उक्त कार्यक्रम मा बाबू आमा नभएका १५ जना बालबालिका लाई खाद्यान्न, शैक्षिक सामाग्री, कपडा,  भकुण्डों हस्तान्तरण गरि सहयोग गरियो।

JCI Events Archive