जेसीज सप्ताह कार्यक्रम अन्तर्गत को नागरिक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम
2019-04-24 /     02:30:00pm - 06:00:00pm    
Location : एपेक्श कंप्यूटर घोराही Organized By : JCI Dang Lady


     आज मिति २०७६-१-११ गते बुधबार जेसीज सप्ताह अन्तर्गत को चौथो कार्यक्रम नागरिक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न।
          जेसी बसन्ती सुबेदी को संयोजकत्व मा दाङ महिला जेसीज को अध्यक्ष जेसी रेखा शर्मा को अध्यक्षता मा दाङ जिल्ला प्रहरी प्रमुख बेल बहादुर पाण्डे ज्यु को प्रमुख् आतिथ्यता मा नागरिक समाज दाङ का संयोजक चन्द्र राज पन्त ज्यु को बिशिस्ट आतिथ्यता मा सम्पन्न कार्यक्रम मा ४० जना को उपस्थिति रहेको थियो।
               जेसीज आस्थापाठ को अगुवाई जेसी संगीता गिरी ले गर्नु भएको थियो भने जेसीज सप्ताह को बारेमा मूल संयोजक जेसी जिबा भुसाल ज्यु ले जानकारी गराउनु भएको थियो। कार्यक्रम को उद्घाटन प्रमुख अतिथि ले ब्यानर पढेर गर्नु भएको थियो।
          उक्त कार्यक्रम मा नागरिक समाज दाङ की सचिव लक्ष्मी आचार्य ज्यु ले अबधारणा पत्र प्रस्तुत गर्नु भएको थियो। त्यही सेरोफेरो मा रही अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। दाङ महिला जेसीज का पूर्ब अध्यक्ष जेसी सुसीला पौडेल ज्यु , माया पोख्रेल ज्यु र हरप्लेस दाङ का संयोजक बिनोद केसी ,पर्यटन बिकाश केन्द्र का कार्यबाहक अध्यक्ष लोक राज पराजुली ज्यु ले आ-आफ्नो बिचार प्रस्तुत गर्नु भएको थियो।
                 प्रमुख् अतिथि ज्यु र बिशिस्ट अतिथि ज्यु ले आफ्ना मन्तब्य प्रस्तुत गर्नुभएको थियो।
           धन्यवाद मन्तब्य जेसी सुनीता अधिकारी ले गर्नु भएको थियो भने कार्यक्रम सहजिकरण महासचिब जेसी अनीता ढकाल ले गर्नु भएको थियो।

JCI Events Archive