Transgender skill development training
2019-04-07 / 2019-04-12     10:14:00pm - 06:17:00pm    
Location : Sathi shram prasixana kendra, sanepa Organized By : JCI Kathmandu Lady


transgender skill development training
सन २०१९ -७ अप्रिल मा जेसिआई काठ्माण्डौ लेडी नेपाल की अधक्ष्य जेसी अर्चना श्रेष्ठ मुनंकर्मी ज्यु को सभापतित्वमा निलहिरा समुदायिक समाजका ३० जना तेस्रोलिंगी सदस्यहरुलाई दिगो बिकास लक्ष्य अन्तरगत
सबैका लागि समावेशी तथा दिगो आर्थिक वृद्धि, रोजगारी तथा मर्यादित कामको प्रवद्र्धन गरि समाजिक रुपान्तरणमा सहयोग पुर्याउने उदेश्यले
६ दिने निशुल्क ब्याबसायिक सिप बिकास बेकरी तालिमको शुभारम्भ गरिएको थियो | केक, क्रोशिन, पिजा , मफिन , लावा केक ,कपकेक , कुकिज , फुरुनदाना, चना भुजिया आदि तालिम दिइएको थियो| १२अप्रिल शुक्रबारको दिन ठमेल कमर्सियल कम्प्लेसको भबन ,उत्कर्स को-अपरेटिभ लिमिटेडको सभाकक्षमा बेकरी तालिम समापन कार्यक्रममा सभापति अर्चना श्रेष्ठ मुनंकर्मीले प्रशिक्षार्थिहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो| उक्त प्रशिक्षार्थिहरुलाई साथीश्रम प्रशिक्षण केन्द्रकी प्रबन्धक तथा जेसिआई काठ्माण्डौ लेडी नेपाल की कानुनी सल्लाकार जेसी सजना नकर्मीले प्रशिक्षण दिनु भएको थियो| उदघोसन पूर्व अधक्ष्य जेसी सुनिता श्रेष्ठ , स्वागत महासचिब जेसी सुमा श्रेष्ठ, संयोजक उपाधक्ष्य जेसी तारा थापाज्यु हुनुहुन्थ्यो |
निलहिरा समुदायिक समाजका अधक्ष्य पिंकी गुरुङले निलहिरा समुदायिक समाजको इतिहासमा पहिलोपल्ट यस्तो शिपबिकास तालिम संचालन गर्नु भएकोमा जेसिआई काठमाडौँ लेडी लाई मुक्तकण्ठले धन्यबाद दिनु भयो |त्यसै गरि प्रशिक्षार्थि सुदिप गौतम ले जेसिआई काठमाडौँ लेडीको प्रयासलाई सार्थक बनाउने तथा आफुले सिकेको शिप लाई सदुपयोग गरेर समाजमा उदाहरणीय बनेर देखाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो | उक्त कार्यक्रममा जेसिज तथा नन जेसिज गरी जम्मा ६४ जनाको उपस्थित थियो|

 

JCI Events Archive