जेसीज सप्ताह कार्यक्रम को समापन
2019-04-27 /     11:00:00am - 05:00:00pm    
Location : बार्हकुने दह दाङ Organized By : JCI Dang Lady


   आज मिति २०७६-१-१४ गते सनिबार दाङ महिला जेसीज को सप्ताह कार्यक्रम को समापन बार्हकुने दह मा जेसी जून कुमारी बुढा को संयोजकत्व मा अध्यक्ष जेसी रेखा शर्मा ज्यु को अध्यक्षता मा घोराही उपमहानगरपालिका का उपमेयर सीता न्यौपाने सिग्देल ज्यु को प्रमुख् आतिथ्यता मा सम्पन्न भयो।
         कार्यक्रम मा जेसी नमा शर्मा ज्यु ले आस्थापाठ को अगुवाई गर्नु भएको थियो। मूल संयोजक जेसी जिबा भुसाल ज्यु ले सात संयोजक हरु लाई, महासचिव लाई र सम्पुर्ण अतिथि प्रमुख् अतिथि ज्यु , अन्य  दाङ का शाखा का अध्यक्ष ज्यु हरु, सौजन्य कर्ता हरु लाई मायाको चिनो बितरण गरि धन्यबाद ब्यक्त गर्नु भएको थियो।
      कार्यक्रम मा प्रमुख अतिथि ज्यु लगायत परिवार संघ का केन्द्रीय सदस्य निर्मला गौतम रेग्मी ज्यु, जिल्ला सहकारी संघ का उपाध्यक्ष अञ्जन कुमार पौडेल ज्यु, मानब कल्याण तथा बाताबरण संरक्षण केन्द्र दाङ का अध्यक्ष भरत देबकोटा ,बीबीसी को संबाददाता एबम् रेडियो स्वर्गद्वारि का सम्पादक बसुन्धरा गौतम, गोरक्ष राष्ट्रिय दैनिक का प्रकाशक सुलोचना गौतम, हरप्लेस दाङ का संयोजक बिनोद केसी ज्यु,पर्यटन केन्द्र दाङ का का बा अध्यक्ष डॉ.लोकराज पराजुली ज्यु, नर्सिंग संघ का उपाध्यक्ष लक्षमी ढकाल ,महिला मानब अधिकार रक्षक सञ्जाल का अध्यक्ष हुमा डीसी ज्यु,महिला मानब अधिकारी रक्षक सञ्जालका केंद्रीय सचिब एबम् संचारकर्मि ज्यु ले आ-आफ्ना मन्तब्य ब्यक्त गर्नु भएको थियो।कार्यक्रम को सहजिकरण जेसी अनीता ढकाल ले गर्नु भएको थियो।

JCI Events Archive