Road Safety Training- JCI Butwal
2019-05-08 / 2019-05-08     11:00:00am - 02:30:00pm    
Location : Butwal Organized By : JCI Butwal


कार्यक्रम ः Road Safety Training 
क्षेत्र   ः सामुदायिक
संयोजक ः बुटवल जेसीज सचिवालय
स्थान ः लुम्बिनी बाणिज्य क्याम्पस बुटवल
मिति ः         २०७६ बैशाख २५ गते बुत्रबार तदनुसार ःबथ ड, द्दण्ज्ञढ
सहभागी ः   २०० जना (१०५ जना महिला,९५ जना पुरुष )
 
उद्देश्यः       सडक सुरक्षाबारे चेतना जगाउने
कार्यविधि ः प्रशिक्षण तथा अन्तरक्रिया

पृष्ठभुमीः
    विभिन्न प्रकारका तालिमको माध्यमबाट युवाहरुको नेतृत्व र ब्यक्तित्व विकासमा नेपाल जेसीज समर्पित छ । नेपालभर छरिएर रहेका शाखाहरु मध्य नेपाल जेसीजको एक शाखा हो बुटवल जेसीज । नेपाल जेसीजको विधि र विधानमा रहेर बुटवल जेसीजले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दैै आएको छ ।       पछिल्लो समयमा बढिरहेको सडक दुर्घटना र यसको जोखिमबारे बुटवल जेसीजका अध्यक्ष जेसी नरदेन न्यौपानेले सरोकारवाल निकायसंघ विभिन्न चरणमा प्रभाकारी कार्यक्रम कसरी गर्ने बारे छलफल चलाउनु भएको थियो । यसै विचमा संयुक्त राष्ट्रसंघ un ले may 6-12 सम्म पाचौ सडक सुरक्षा सप्ताह मनाउने निर्णय गर्यो ।

    अन्तराष्ट्रिय स्तरमा मनाउन लागिएको यो सप्ताहको अवसर पारेर बुटवल जेसीजले सोही सन्दर्भमा कार्यक्रम बनाएर अघि बढ्ने निर्णय गरेको थियो । यसै सन्दर्भमा  5th Global Road Safety Week अन्तरगत उक्त कार्यक्रमकोलागि un प्रतिनिधी तथा undp का कार्यक्रम विश्लेषक सुदीप अर्यालसंगको छलफल पछि undp, पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय र बुटवल उपमहानगरसंग समन्वय तथा सहकार्य गरि उक्त कार्यक्रम समपन्न भएको हो । 

मुख्य भाग ः
    बुटवल जेसिजले सडक सुरक्षा प्रशिक्षण कार्यक्रम गरेको छ । संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय पाँचौं सडक सप्ताहको अवसरमा प्रशिक्षण कार्यक्रम गरिएको हो । बुटवलको लुम्बिनी बाणीज्य क्याम्पसमा भएको कार्यक्रममा २ सय जना विद्यार्थीहरुको सहभागीता थियो ।  कार्यक्रममा पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरिक्षक भिमसेन घिमिरेले सडक सुरक्षा सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।   मल्टिमिडियको प्रयोग गरि प्रदान गरिएको प्रशिक्षणमा घिमिरेले सडक दुर्घटनाको कारण, विभिन्न तथ्य तथ्याङक सडक सुरक्षाकोलागि विद्यार्थी तथा शैक्षिक संस्थाको भूमिकाबारे अडियो भिडियोको माध्यमबाट जानकारी गराउनु भएको थियो । प्रशिक्षणको क्रममा सहभागिहरुले आफुले भोगेका समस्या र सडक अवस्थाबारे उहाँ संग अन्तरक्रिया समेत गरेका थिए । कार्यक्रममा बोल्दै क्याम्पसका प्रमुख डा. ताराप्रसाद उपाध्यायले बुटवल जेसीजले सडक सुरक्षाबारे युवाहरुलाई चेतना प्रदान गर्ने कार्यक्रम ल्याएकोमा धन्यवाद प्रकट गर्नु भएको थियो । 

कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले सडक सुरक्षामा विद्यार्थी र शैक्षिक संस्थाको पनि महत्वपुर्ण भूमिका हुने भएकोले कार्यक्रमको आयोजना गरिएकोे बताउनु भयो । कार्यक्रमकालागि राष्ट्रसंघका प्रतिनिधि सुदीप अर्यालले सडक सुरक्षाको कार्यक्रममा सरोकारवाला सबैको ध्यान जानुपर्ने बताउनुभयो । 

बुटवल जेसिजका अध्यक्ष नरदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी बाणीज्य प्राध्यापक विष्णु जोशी, बुटवल जेसीजका पुर्व अध्यक्ष तथा वर्ष २०१९ का सल्लाहकार सिनेटर गोपाल प्रसाद पाण्डे लगाएतले सडक सुरक्षाका सम्बन्धमा आ आफ्ना भनाई राख्नु भएको थियो । बुटवल जेसीजका पुर्व उपाध्यक्ष जेसी महेश पाण्डेले जेसीज आस्था वाचन गर्नु भएको कार्यक्रमको सञ्चालन नेपाल जेसीजका प्रशिक्षक तथा बुटवल जेसीजका उपाध्यक्ष जेसी रमेश अर्यालले गर्नु भएको थियो ।

अपेक्षित उपलब्धि ः सडक सुरक्षाबारे अन्तरक्रियात्मक प्रशिक्षणको माध्यमबाट चेतना फैलाउने ।
   
प्राप्त उपलब्धि ः सहभागिहरुले तालिममा सिकेको कुरालाई ब्यवहारिकरुपमा लागु गर्ने प्रतिवद्धता संगै बुटवल जेसीजले सञ्चालन गर्ने चेतना मुलक कार्यक्रममा सहभागि हुने बताएका छन यो नै महत्वपुर्ण कुरा हो ।

    सिकाई ः नेतृत्व र ब्यक्तित्व विकास तथा ब्यवशायिक तालिमहरुसंगै सडक सुरक्षा जस्तै अन्य विषयमा पनि तालिम सञ्चालनको लागि जेसीज समुदाय तथा अन्य सरोकारवाला निकायसंग सहकार्य गर्न तयार हुनु पर्छ भन्ने कुरा यो कार्यक्रमले सिकाएको हामीले महशुस गरेका छौं । मुल्याङकन ः सडक सुरक्षा सम्बन्धी कार्यक्रम नौलो र नयाँ नभए पनि बुटवल जेसीजको संयोजनमा कार्यक्रम हुदाँ फरक र प्रभावकारी भएको सहभागिहरुले प्रतिक्रिया दिएका छन् ।
सुझाब तथा सिफारीस ःआगामी दिनमा बुटवल जेसीजले आफ्नो ढाँचा तथा मापदण्ड अनुसार सामाजिक सरोकारका विषयहरु तालिम तथा कार्यक्रमहरु गर्नु पर्ने सुझाव तथा सिफारिसहरु प्राप्त भएका छन् ।

JCI Events Archive