CRICLE OF EXCELLENCE,Multi-Chapter Training -2019 JCI BUTWAL
2019-03-23 / 2019-03-23     11:00:00am - 05:00:00pm    
Location : Butwal Organized By : JCI Butwal


पृष्ठभुमीः
    विभिन्न प्रकारका तालिमको माध्यमबाट युवाहरुको नेतृत्व र ब्यक्तित्व विकासमा नेपाल जेसीज समर्पित छ । नेपालभर छरिएर रहेका शाखाहरु मध्य नेपाल जेसीजको एक शाखा हो बुटवल जेसीज । नेपाल जेसीजको विधि र विधानमा रहेर बुटवल जेसीजले आफ्ना कार्यक्रमहरु सञ्चालन गर्दैै आएको छ ।  वर्ष २०१९ मा आईपुग्दा नेपाल जेसीजबाट बुटवल जेसीजलाई क्षेत्र घ को तालिम सप्ताहको उद्घाटनको अवसर पारेर यस क्षेत्रका १८ शाखाको बहुशाखा तालिमको आतिथ्यता गर्ने महत्वपुर्ण अवसर प्राप्त भयो ।    सर्व प्रथम त महत्वपुर्ण अवसरको लागि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलज्यूलाई विशेष धन्यवाद प्रकट गर्दछौं । यस्तै क्षेत्र घ को लागि निरुपित राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष जेसी श्याम सुन्दर पौडेल र निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी अर्जुन अधिकारीलाई बुटवल जेसीज परिवार हार्दिक आभार प्रकट गर्दछ । तालिममा प्रमुख प्रशिक्षकको रुपमा सहजिकरण गर्नु हुने सिनेटर राजाबावु शाह प्रति हामी नतमस्तक छौं ।      जेसीज अभियानलाई बलियो बनाउन बुटवल जेसीजले मातृत्व प्रदान गरेका शाखाहरु यस क्षेत्रमा धेरै छन् । छिमेकी शाखाहरुको पनि बाहल्यता निकै छ । तर लामो समय देखि यस क्षेत्रमा रहेका शाखाहरु विच बहुशाखा तालिम भएको थिएन । वर्ष २०१९ मा भने त्यो क्रम तोडिएको छ । रुपन्देही, कपिलवस्तु र नवलपारासीमा रहेका जेसीज शाखाहरु एकै ठाँउमा सहभागि भएर बहुशाखा तालिम सम्पन्न भएको छ ।
               

कार्यक्रम ः CRICLE OF EXCELLENCE  Multi-Chapter Training -2019              

क्षेत्र ः ब्यक्तिगत
संयोजक ः जेसी रमेश अर्याल
स्थान ः सिदार्थ कटेज, बुटवल मिलनचोक
मिति ः         २०७५ चैत्र ९ गते शनिवार तदनुसार ःबचअज द्दघ, द्दण्ज्ञढ
सहभागी ः   ११० जना (४० जना महिला,७० जना पुरुष )
 
उद्देश्यः   बहुशाखा तालिमको माध्यमबाट बन्धुत्वको भावनालाई बलियो बनाउँदै सहभागिहरुको नेतृत्व र ब्यक्तित्व विकास गर्ने ।
कार्यविधि ः प्रशिक्षण
मुख्य भाग ः
    बेहुलीझै सिंगारिएको हल, प्ले कार्ड सहित शाखा अध्यक्षहरुको स्वागत, विशिष्ट ब्यक्तिलाई राष्ट्रिय झण्डा सहितको स्कटिङ, पृष्ठभूमिमा गुञ्जिरहेको हामी जेसीजका युवा बोलको गीत ...................
    झट्ट हेर्दा क्षेत्रिय सम्मेलन झल्को दिने यो दृष्य हो CRICLE OF EXCELLENCE  Multi-Chapter Training -2019     को । नेपाल जेसीजको आयोजना तथा बुटवल जेसीजको आतिथ्यतामा उक्त बुहशाखा तालिम सम्पन्न हो । नेपाल जेसीज क्षेत्र घ अन्तरगतको १८ वटा शाखा अध्यक्ष सहित पदाधिकारी एवं सदस्यहरुका लागि CRICLE OF EXCELLENCE    विषयक तालिम बुटवलको सिद्धार्थ कटेजमा सञ्चालन भएको थियो ।       नेपाल जेसीजको वार्षिक कार्यक्रम तालिका अनुसार क्षेत्र घ अन्तरगत तालिम सप्ताहको उद्घाटनको अवसर पारि पहिलो दिन निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी अर्जुन अधिकारी, निरुपित रहनु भएको शाखाहरुका लागि उत्त तालिम आयोजना गरिएको थियो ।
    सहभागि शाखाहरु
बुटवल जेसीज, जेसीआई सिद्धार्थ, बुटवल महिला जेसीज, जेसीआई सिद्धार्थ लेडि, पाल्पा जेसीज, कपिलस्तु जेसीज, रामग्राम जेसीज, भलवारी जेसीज, रामनगर जेसीज, रामग्राम लेडि जेसीज, सुनवल जेसीज, तिलोत्तमा जेसीज, देवदह जेसीज, सैनामैना जेसीज, शिवराज जेसीज, प्रस्तावित बुद्धभूमि जेसीज, प्रस्तावित कञ्चन जेसीजबाट १ सय १० जना सहभागि रहेको सो तालिम नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष जेसी श्याम सुन्दर पौडेलको प्रमुख आतिथ्यता, बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । तालिममा प्रमुख प्रशिक्षक नेपाल जेसीजका पुर्व कानुनी सल्लाहकार तथा राष्ट्रिय प्रशिक्षक सिनेटर राजावावु शाह रहनु भएको थियो । बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले स्वागत मन्तब्य राख्दै बहुशाखा तालिमको आतिथ्यता गर्ने अवसर प्रदान गरेकोमा नेपाल जेसीजलाई धन्यवाद मन्तब्य प्रकट गर्नु भएको थियो ।

 कार्यक्रममा निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी अर्जुन अधिकारीले कार्यक्रमको उदेश्यबारे बोल्दै बहुशाखाहरु विच भावनात्मक एकता, बन्धुत्वको भावना र जेसीज अभियानलाई सशक्त बनाउन तालिमको आयोजना गरिएको बताउनु भयो ।      कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणि उपाध्यक्ष जेसी श्याम सुन्दर पौडेलले तालिमको माध्यमबाट युवाहरुलाई सशक्तिकरण गर्दै सकाकारात्मक परिवर्तनको लागि तालिम उत्कृट रहेको बताउनु भयो ।      त्यसै गरी कार्यक्रमका विशेष अतिथि नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष सिनेटर अनुपमान सैंजले जेसीजका युवाहरु थप जागरुक भएर अघि बढनु पर्ने बताउनु भयो । कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष सिनेटर कमल भण्डारी, नेपाल जेसीज वर्ष २०१९ का प्रमुख सल्लाहकार सिनेटर संजिवराज रेग्मी, बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेटर दिनेश श्रेष्ठ, सिनेटर राजु पौडेल, सुनवल जेसीजका संस्थापक रेशम पौडेल, जेसीआई सिद्धार्थका पुर्व अध्यक्ष जेसी लेखनाथ भट्टराई, जेसीआई सिद्धार्थ लेडिकी निवर्तमान अध्यक्ष जेसी विन्दु काफ्ले लगाएतको उपस्थिती रहेको थियो ।

 बुटवल जेसीजका उपाध्यक्ष जेसी रमेश अर्याल संयोजकत्वमा आयोजित कार्यक्रममा जेसीआई सिद्धार्थका अध्यक्ष राकेश गुरुङले जेसीजको भिजन मिसन बाचन गर्नु भएको थियो भने कपिवस्तु जेसीजका अध्यक्ष जेसी खुमानन्द घिमिरेले आस्था पाठ गर्नु भएको थियो ।

  कार्यक्रममा बोल्दै जेसीआई सिद्धार्थ लेडिकी अध्यक्ष जेसी पार्वती पौडेल र प्रस्तावित कञ्चन जेसीजका अध्यक्ष जेसी चुणामणि पौडेलले तालिम ब्यवहारिक जिवनको लागि अति उपयोगी रहेको बताउनु भयो । बुटवल जेसीजका महासचिव जेसी राजिव गौतमको सञ्चालनमा भएको कार्यक्रममा रामनगर जेसीजका अधयक्ष जेसी हिमा देवि न्यौपानेले धन्यवाद मन्तब्य राख्नु भएको थियो ।

      अपेक्षित उपलब्धि ः यस क्षेत्रमा रहेका सम्पुर्ण शाखाहरुको उपस्थिती ।
 
    प्राप्त उपलब्धिहरु
    नेपाल जेसीज वर्ष २०१९ ले महत्वपुर्ण तालिमको आथित्यता प्रदान गर्ने अवर दिदाँ हामीलाई चिन्ता थियो कि सवै शाखाहरुलाई सहभागि गराउनु सकिला कि न सकियला । हामीले सकारात्मक सोंचका साथ निरुपित कार्यकारिणि उपाध्यक्ष जेसी श्याम सुन्दर पौडेल र निरुपित राष्ट्रिय उपाध्यक्षज्यूसंगको समन्वयमा सवै शाखाहरुलाई सहभागि गराउने अठोटका साथ पत्राचारमा जुट्यौ । फलत तोकिएका सवै शाखाहरुको उपस्थितीमा तालिम सम्पन्न भयो । यो महत्वपुर्ण उपलब्धि हामीले प्राप्त गर्न सफल भएका छौं ।
    अर्को महत्वपुर्ण उपलब्धि भनेको प्रभावकारी प्रशिक्षण नै हो । सिनेटर राजावावु शाहको प्रशिक्षणले सहभागिहरुमा नेतृत्वको लागि आत्म विश्वास बढ्नुको साथै सकारात्मक सोंचको सञ्चार भएको छ ।
   
   सिकाई
    आतिथ्यता ग्रहण गरेको शाखाको नाताले हामी समयमै कार्यक्रम सुरु गर्न तयार थियौं । तर विभिन्न जिल्लाबाट जेसीजमनहरु तोकिएको समयमै उपस्थित हुन नपाउँदा ४५ मिनेट ठिलो कार्यक्रम सुरु हुन पुग्यो । यसकारण आगामि दिनमा यस्ता महत्वपुर्ण तालिमहरु सञ्चालन गर्दा टाढाबाट आउनुहुने जेसीज मनहरुलाई कार्यक्रम स्थलमै खानाको ब्यवस्थ ागर्न सकियो भने तयार पारिएको कार्यतालिका अनुसार तालिम सम्पन्न गर्न सकिन्छ भन्ने सिकाई प्राप्त भएको छ ।
    मुल्याङकन ः
    विभिन्न शाखाका अध्यक्षज्यूहरु, पदाधिकारी र सदस्यहरुले तालिम एतिहासिक भएको मुल्याङकन गर्नु भएको छ । 
    सुझाब तथा सिफारीस
    धेरे शाखाहरुको सहभागितामा हुने तालिमलाई अझै प्रभावकारी बनाउन दुई वा तिन दिनको बनाउन सके राम्रो हुने थियो भन्ने सुझावहरु प्राप्त भएका छन् ।

JCI Events Archive