Co-operation for Peace Programe - JCI Butwal
2019-03-16 / 2019-03-16     10:00:00am - 04:00:00pm    
Location : Butwal Organized By : JCI Butwal


पृष्ठभुमीः
    सन १०९७४ मा बुटवल नगरीमा स्थापना भएको बुटवल जेसीजले चार क्षेत्र मध्य सामुदायिक क्षेत्रमा पनि महत्वपुर्ण कार्यक्रमहरु गर्दै अघि बढेको इतिहास हामी माझ छ । वर्ष २०१९ मा आइपुग्दा बुटवल जेसीजले समुदायमा महत्वपुर्ण प्रभाव पार्ने कार्यक्रम बार्षिक कार्य योजनामा समेटेको छ । समुदाय र जेसीज एक सिक्काका दुई पाटा हुन भन्ने सोचका साथ बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले तय गरेका कार्यक्रमहरु मध्य समुदायमा दिर्घकालिन प्रभाव पार्ने एक कार्यक्रम हो शान्तिको लागि सहकार्य  ( Co-operation for Peace )
  हामीले दश वर्ष लामो जनयुद्ध पनि भोग्यौं र शान्ति प्रक्रियाको माध्यमबाट द्धन्द्ध ब्यवस्थापन भएको पनि देख्यौं । देशमा धेरै ठुला ठुला परिवर्तन भए । नयाँ सविंधान संगै देश संघियतामा गयो । ब्यवस्था परिवर्तन भयो तर नागरीकको अवस्था कस्तो छ ? शान्ति प्रक्रियाका कामहरु किन टुङगोमा पुग्न सकेका छैनन् ? शान्ति सुरक्षाको अवस्था कस्तो छ ? मानिसहरुको मनमा शान्तिको अनुभुत छ कि छैन ? यि प्रश्नहरुले हामीलई अझै पनि घेरिरहेका छन । अर्को तर्फ बम विष्फोट, बन्द हडतालका कारण मनोबैज्ञानिकरुपमा असर पार्न थालेको अवस्थामा जेसीज चुप लागेर बस्नु हुन्न भनेर बुटवल जेसीजले यो कार्यक्रमको आयोजना गरेको हो । शान्ति सम्भव छ भन्ने जेसीआईको नारालाई मुख्य नारा बनाएर आयोजना गरिएको कार्यक्रम शान्तिको लागि सहकार्य   ( Co-operation for Peace ) कार्यक्रमले शान्ति स्थापनाको लागि सरोकारवाल निकाय विच महत्वपुर्ण गठबन्धनको लागि गरेको प्रयासले सार्थक रुप लिएको छ ।

                 
कार्यक्रम ः शान्तिको लागि सहकार्य   ( Co-operation for Peace )
क्षेत्र ः सामुदायिक
संयोजक ः जेसी उत्तम पोख्रेल
स्थान ः बुटवल जेसीजको तालिम हल
मिति ः २०७५ फागुन २ गते शनिवार तदनुसार March 16, 2019
सहभागी ः   महिला ७० जना, पुरुष ८५ जना
                  जम्मा ः १५५ जना
उद्देश्यः शान्ती स्थापनाको लागि युवाहरुलाई जागरुक बनाउने र शान्तीको लागि बकालत गर्न ब्यवहारिक प्रतिवद्धताका साथ सक्रिय नागरिक बनि समाज रुपान्तरणमा लाग्न प्रेरित गर्ने ।

कार्यविधि ः अन्तरक्रिया तथा प्रशिक्षण
मुख्य भाग ः
क. पहिलो चरण
    कार्यक्रमको पहिलो चरणमा सरोकारवाला निकायका प्रतिनिधि तथा अगुवाहरुको विचमा अन्तक्रिया सम्पन्न भयो । जेसीआईको मान्यता अनुसार ब्यवशायिक क्षेत्र, नागरिक समाज र सरकार विच शान्ती स्थापनाको लागि कसरी सहकार्य गर्न सकिन्छ भनेर विचारहरु आदान प्रदान भए । उक्त कार्यक्रममा बोल्ने बक्ताहरुले बुटवल जेसीजले समय सान्दर्भिक कार्यक्रम आयोजना गरेको बताउदै शान्ति स्थापनाको लागि सहकार्यको खाँचो औंल्याएका थिए ।

बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षता, प्रदेश नं. ५ का आन्तरिक तथा कानुन मन्त्री कुल प्रसाद केसीको प्रमुख आतिथ्यता, बुटवल उपमहानगरकी उप प्रमुख गुमा देवि आचार्य र नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रिय उपाध्यक्ष तथा क्षेत्र घ का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी अर्जुन अधिकारीको विशिष्ट आतिथ्यता, मानव सेवा आश्रमका केन्द्रिय अध्यक्ष तथा प्रशिक्षक रामजि अधिकारी, पत्रकार भवानी प्रसाद पाण्डे, राजनैतिक दलका प्रतिनिधी नागरिक समाजका अगुवाहरु, सुरक्षा निकायका प्रतिनिधीहरु, उद्योगी ब्यवशायी लगाएतको उपस्थिती रहेको पहिलो चरणको कार्यक्रममा बुटवल उपमहानगरका १९ वटै वडाबाट प्रतिनिधीहरु सहभागिहरु रहेका थिए भने विभिन्न क्लवका पदाधिकारी र विद्यार्थी संघठनका नेताहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको सन्देश टोल टोलमा लैजाने लक्ष्य अनुरुप विभिन्न क्षेत्रबाट छनोट गरिएका सहभागिहरु मात्र उपस्थित गराईएको थियो ।
सरोकारवाल निकायका प्रतिनिधिले के भने ?
कार्यक्रममा पत्रकार भवानि प्रसाद पाण्डेले युवा, द्वन्द्व र शान्ति आपसमा जोडिएको उल्लेख गर्दै विभिन्न देशका उदाहरण सहित युवालाई शान्तिमा जोड्न सकिने बताउनु भयो । २०६८ को जनगणना अनुसार नेपालको कुल जनसंख्याको ४० प्रतिशत युवाको संख्या रहेको बताउँदै उहाँले १६ देखि ४० वर्ष उमेर समुहका १ करोड ६ लाख युवा मध्ये ४० लाख युवा अध्ययन तथा रोजगारीको सिलसिलामा बिदेश पलायन भएको तथ्यांक प्रस्तुत गर्नुभयो । रोजगारीकालागि बिदेश पलायन हुने युवाको संख्या घटेको भएपनि रेमिट्न्स बढेको बताउँदै उहाँले मुलुकको स्थायी शान्तिकालागि युवालाई स्देशमै काम गर्ने वातावरण बनाउनु पर्ने र त्यहिबाट समृद्धि प्राप्त गर्न सकिने उल्लेख गर्नुभयो ।
यस्तै उद्योगी ब्यवशायिहरुले शान्ति विना समृद्धि सम्भव नरहेको बताउदै सरकारलाई शान्तिको वातावरण बनाउन आग्रह गरेका थिए । नागरिक समाजका अगुवाहरुले द्धन्द्ध ब्यवस्थापन भएपनि शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो पुरा गरि समृद्धिको यात्रामा अघि बढन जोड दिएका थिए । राजनैतिक दलका प्रतिनिधीले सहकार्य र मेलमिलाप विना शान्ती सम्भव नरहेको बताउँदै फेरि पनि मेलमिलापकै बाटो रोज्नु पर्ने धारणा राखे । सुरक्षा निकायका अधिकारीहरुले पछिल्लो सुरक्षा अवस्था र चुनौतिको विषयमा बताएका थिए ।
कार्यक्रममा स्थानिय सरकारको तर्फबाट बुटवल उपमहानगरकी उप प्रमुख गुमा देवि आचार्य र प्रदेश नं. ५ का आन्तरिक तथा कानुन मन्त्री कुल प्रसाद केसीले सरोकारवाला निकायले उठाएका समस्याहरुलाई सम्बोधन गर्नु भएको थियो । मन्त्री केसीले स्थिर शान्तिकालागि अझै धेरै काम गर्न बाँकी रहेको र त्यो पुरा हुँदा पनि असहमती बाँकी रहने उल्लेख गर्नुभयो । उहाँले द्वन्द्वको कहाली लाग्दो दिनबाट यहाँसम्म आएको स्मरण गर्दै सकारात्मक शोंच सहित अंगाडी बढेमा शान्तिको यात्रा लामो नभएको उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी अर्जुन अधिकारीले शान्ति कायम गर्न र हिंसा न्यूनिकरणकालागि नेपाल जेसीजले पहिलेदेखि नै अभियान सञ्चालन गर्दै आएको बताउनु भयो । बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले मुलुकमा दिगो शान्ति सम्भव छ र शान्ति र समृद्धिकालागि आफ्नो ठाउँबाट थोरै भएपनि योगदान दिन सकियोस भन्ने उद्देश्यले अभियानको थालनी गरिएको बताउनु भएको थियो ।
ख. दोस्रो चरण
पहिलो चरणको कार्यक्रममा शान्तीको अवस्था, समुदायमा शान्ती स्थापनाको लागि गर्नु पर्ने सहकार्यबारे छलफल गरि सकेपछि कार्यक्रमको दोस्रो चरण सुरु भयो । दोस्रो चरणमा मानसिक र पारिवारिक शान्तीले मात्र समाजमा शान्ति सम्भव छ भन्ने लक्ष्यका साथ युवाहरुले मानसिक र पारिवारिक शान्ति कसरी कायम राख्न सकिन्छ भन्ने सन्र्दभमा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले अन्तरक्रियात्मक प्रशिक्षण दिनु भएको थियो । अधिकारीले प्रशिक्षण दिदाँ सहभागिहरु पटक पटक भक्कानियका थिए । आफ्नो जिवन र परिवार कसरी अशान्त बनिरहेको रहेछ भन्ने कुरा दोस्रो चरणमा उनिहरुले थाहा पाएको कारण पटक पटक भक्कानिएको प्रतिक्रिया दिएका थिए ।
जब मन्त्री नै कार्यक्रम अवधिभर वसे..
धेरै कार्यक्रमहरुमा हामीले देख्न सक्छौै कि कार्यक्रमको पुरै अवधिभर विशिष्ट ब्यक्तिहरु र दर्शक टिक्न सक्दैनन तर शान्तीको लागि सहकार्य कार्यक्रममा प्रमुख अतिथि रहनु भएका प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री पुरै अवधि भर रहनु भयो । दोस्रो चरणमा दर्शकदिर्घामै बसरे रामजी अधिकारीको प्रशिक्षण लिनु भयो । कुनै पनि कार्यक्रममा जादाँ भत्ता र खाजाको ब्यवस्था खोज्ने प्रचलनलाई यो कार्यक्रमले तोडिदिएको छ । यदि भत्ताको ब्यवस्था नभएको खण्डमा सहभागिहरु विचमै उठेर हिड्ने दृष्य पटक पटक देखिएको छ । तर यो कार्यक्रममा सहभागिहरु भोक प्यासलाई समेत विर्सेर साँच्चिकै शान्तीको लागि सहकार्य गर्न तयार भएर वसे ।
अपेक्षित उपलब्धि
    शान्ती स्थापनाकोलागि सरोकारवाला निकायलाइ सहकार्य गर्न यो कार्यक्रमले झक्झकाएको छ ।
प्राप्त उपलब्धिहरु
    यो कार्यक्रमको लक्ष्य र अपेक्षित उपलब्धिहरु सवै पुरा भएका छन । कार्यक्रममा सरोकारवाला निकायका अगुवाहरु पुरै कार्यक्रम अवधिभर हलमा बसेर अन्तरक्रिया गर्दैै शान्ती स्थापनाको लागि सहकार्यमा जोड दिनु, मानसिक र पारिवारिक शान्ति स्थापनाको लागि परिवर्तन गर्ने अठोटका साथ सुमुदायको लागि काम गर्न युवाहरु प्रेरित हुनु हाम्रो लागि प्राप्त उपलब्धि हुन ।
    हलबाट बाहिर निस्कैदै गर्दा मन्त्री देखि सहभागि युवाहरुले यस्तो पो कार्यक्रम भन्दै निस्कदा हाम्रो कार्यक्रमको लक्ष्य प्राप्त भएको महशुस गर्दै यो कार्यक्रमले समाजमा दिर्घकालिन रुपमा सकारात्मक असर पार्ने उपलब्धि प्राप्त गरेको बुटवल जेसीजको निष्कर्श छ ।
    सिकाई
    यो कार्यक्रमलाई चरणवद्ध रुपमा विभिन्न टोल टोलमा गएर गर्न सकियो भने शान्ति स्थापनाको बाटो त्यो लामो हुदैन भन्ने सिकाई प्राप्त भएको छ ।
मुल्याङकन ः
    बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेको अगुवाईमा भएको शान्तीको लागि सहकार्य कार्यक्रम अत्यन्त प्रभावकारी रुपमा सम्पन्न भएको मुल्याङकन सहभागि र बुटवल जेसीजका पुर्व अध्यक्षहरुले गर्नु भएको छ । कार्यक्रममा सरोकारवाल निकायका प्रतिनिधी सवैको विचार समेट्न सक्नु नै महत्वपुर्ण रहेको र सुरु देखि अन्त्य सम्म कार्यक्रम विषय केन्द्रित रहेको प्रतिक्रियाहरु हामीले प्राप्त गरेका छौं । कार्यक्रमबाट फर्के पछि सहभागिहरु समाजिक सञ्जालमा पोष्ट गरेका तस्विर र स्टाटसले कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको मुल्याङकन छ ।
सुझाब तथा सिफारीस
  यो कार्यक्रमलाई आगामी दिन पनि निरन्तरता दिनु पर्ने सुझावहरु सरकार, राजनैतिक दल र नागरिक समाजको सुझाव छ ।

JCI Events Archive