'Focus on Success' Growing your Business Training -2019 -JCI Butwal
2019-03-01 / 2019-03-01     11:00:00am - 03:00:00pm    
Location : Butwal Organized By : JCI Butwal


कार्यक्रम ः Growing your Business Training
क्षेत्र ः ब्यवशायीक
संयोजक ः जेसी बालकृष्ण पाण्डे
स्थान ः बुटवल जेसीजको तालिम हल
मिति ः         २०७५ फागुन १७ गते शनिवार तदनुसार ः March 1, 2019

सहभागी ः   ३५ जना (२० जना गैर जेसीज,१५ जना जेसीज सदस्य )
 
उद्देश्यः उद्यमशिलतामा युवाहरुलाई उत्पेरणा प्रदान गर्दै लेखा प्रणालिबारे जानकारी गराउने ।

कार्यविधि ः प्रशिक्षण
मुख्य भाग ः
बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षतामा तालिमको औपचारिक रुपमा सुरुवात भएको थियो । औपचारिक कार्यक्रमको सञ्चालन बुटवल जेसीजका महासचिव जेसी राजिव गौतमले गर्नु भएको थियो । राष्ट्रगान र आस्था पाठसंगै अध्यक्षज्यूले तालिमको उदेश्यबारे प्रकाश पारे पछि प्रशिक्षकज्यूहरुले प्रशिक्षण सुरु गर्नु भएको थियो ।
बुटवल यद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष अनिल प्रसाद श्रेष्ठले बर्तमान समयमा ब्यवशायमा संभावना, अवसर र चुनौतिबारे सहभागिहरुलाई जानकारी गराउँदै कसरि चुनौतिको सामना गर्न सकिन्छ भन्ने सन्र्दभमा प्रकाश पार्नु भएको थियो । विशेष गरि ब्यवशायलाई कसरि विस्तार गर्न सकिन्छ भन्ने सवालमा उहाँले युवालाईलाई उत्प्रेरणा दिनु भएको थियो । यसै गरि अर्का प्रशिक्षक चार्टड एकाउण्टेन प्रेम भूर्तेलले बर्तमान समयमा लेखा प्रणाीमा आएको परिवर्तन बारे जानकारी गराउँदै लेखा प्रणालिलाई कसरि ब्यवस्थित बनाउने भनेर प्रशिक्षण दिनु भएको थियो । कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तब्य प्रकट गर्दै बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले Growing your Business Training  उद्यमशिलतामा युवाहरुलाई सपलताको बाटोमा हिड्न प्रेरणा प्रदान गर्दै ब्यवशायको प्राविधिक पक्षलाई बलियो बनाउन लेखाप्रणलीको बारेमा जानकारी दिन सफल भएको धारणा राख्नु भएको थियो ।
अपेक्षित उपलब्धि
उद्यशिलतामा युवाहरुलाई उत्पेरणा प्रदान गर्ने र ब्यवशायि सफलताकोलागि लेखा प्रणालि चुस्तदुरुस्त राख्न प्राविधिक पक्षको जानकारी दिने ।

प्राप्त उपलब्धिहरु
    न्चयधष्लन थयगच द्यगकष्लभकक तालिम लिन धेरै युवाहरु इच्छुक थिए तर हामीले वास्तविकरुपमा यो तालिम आवस्यक परेका युवाहरुलाई मात्र छनोट गरेका थियौं । तालिम अन्तक्रिया र उपलब्धिपुर्ण होस भनेर ३५ जना युवामात्र सहभागि गराईएको थियो । तालिमबाट हामीले राखेको उदेश्य र अपेक्षित उपलब्धि हासिल भएको हामीले महशुस गरेका छौं किनकी हामीले निम्न प्रकारका उपलब्धिहरु प्राप्त गरेका छौ ः
१. मुल्य अभिवृद्धि करको बारेमा युवा ब्यवशायिहरु धेरै कुरामा अलमलमा रहेका रहेछन ति कुराहरुमा तालिमले प्रकाश पारेको छ ।
२. आयकरको विषयमा पछिल्लो समयमा आएको परिवर्तनबारे पुर्ण जानकारी तालिमले दिएको छ ।
३ लेखा प्रणाली ब्यवस्थित नहुँदा ब्यवशाय कसरी डुब्छ भन्ने कुरामा युवाहरु सचेत भएका छन ।
४. ब्यवशायलाई विस्तार गर्न थाल्नु पर्ने प्रक्रिया र ब्यवस्थापन बारे सहभागिहरुले महत्वपुर्ण जानकारी हासिल गरेका छन् ।
   
    सिकाई
    प्राविधिक कुराहरु समावेश हुने यस्ता तालिमहरु धेरै भन्दा धेरे युवा ब्यवशायिको माझमा लैजाने र कार्यशालाको रुपमा तालिमलाई सञ्चालन गर्नु पर्ने हामीले महशुस गरेका छौं ।
    मुल्याङकन ः
    सहभागि युवा ब्यवशायिहरुले तालिम उत्कृट भएको प्रतिक्रिया दिएका छन् ।
सुझाब तथा सिफारीस
  लेखाप्रणालिमा आउने फेरबदल र बजेट आउने वित्तिकै यस्ता तालिम आयोजना गर्नु पर्ने सुझाव हामीले प्राप्त गरेका छौं ।

JCI Events Archive