सहयोग हष्तान्तरण तथा होलि मिलन कार्यक्रम
2019-03-21 / 2019-03-21     10:45:00am - 12:00:00pm    
Location : Butwal Organized By : JCI Butwal


पृष्ठभुमीः
        बुटवल जेसीज वर्ष २०१९ ले आफ्नो वार्षिक कार्य योजनामा समावेश भएका कार्यक्रम अन्तरगत सहयोग हष्तान्तरण तथा होलि मिलन कार्यक्रम सम्पन्न गरेको छ । रङहरुको पर्व होलिको अवसर पारेर बुटवल जेसीजले पृथक तरिकाले होलि मनाएको हो । विशेष गरि होलिको अवसरमा युवाहरु खानपिनमा ब्यस्थ हुने र फजुल खर्च गर्ने क्रम बढेको देखिन्छ ।
    बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले यस्तो खालको विकृतीलाई रोकेर सकारात्मक सन्देशको प्रवाह गर्न होलीको अवसरमा पृथक कार्यक्रम गर्ने सोंच बनाउनु भएको हो ।
    रमाईलो गर्न र भाइचाराको विकास गर्न फजुल खर्च सहितको खानपिन भन्दा पनि नौलो कार्यक्रम आफ्नो कार्यकालमा लागु गर्ने अध्यक्षज्यूको सोंच अनुसार बुटवल जेसीजले घरबारविहीन बुवाआमासंग होली मात्र मनाएन सहयोग रकम समेत हष्तान्तरण गरेको छ ।    
    सडकमा वेवारिसे अवस्थामा रहनुभएका वुवाआमालाइ मानव सेवा आश्रमले बुटवल सुख्खानगरमा आश्रय दिइरहेको छ । ति वुवाआमाको स्याहार सुसारमा सहयोग होस भन्ने लक्ष्यका साथ बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेले नगद रु १०,००० सहयोग रकम हष्तान्तरण गर्नु भएको हो ।

                
कार्यक्रम ः सहयोग हष्तान्तरण तथा होलि मिलन कार्यक्रम
क्षेत्र ः सामुदायिक
संयोजक ः सचिवालय
स्थान ः मानव सेवा आश्रम, बुटवल
मिति ः         २०७५ चैत्र ७ गते बिहीबार तदनुसार ः21 March 2019
सहभागी ः   ८० जना (६० जना गैर जेसीज,२० जना जेसीज सदस्य )
 
उद्देश्यः होलि मिलन कार्यक्रममा सहयोग हष्तान्तरण गर्ने

कार्यविधि ः औपचारिक कार्यक्रम
मुख्य भाग ः
चैत्र ७ गते विहीबार विहान ८ बजे बुटवल ४ जेसीजचोक, जहाँ बुटवल जेसीजको भवन छ बुटवल जेसीजका युवाहरु भेला भए । सवैको मुहारमा पोतीयको रङ थियो । वरिपरिका मानिसहरुले आज जेसीज चोकमा जेसीजका युवाहरुले रमाईलो गर्ने अनुमान लगाएका थिए । तर त्यो अनुमान विपरित युवाहरुको समुह त्यहाँ धेरैबेर टिकेन, त्यहाँबाट टोली प्रस्थान गर्यो मानव सेवा आश्रम बुटवलको कार्यलय तर्फ ।

एक पछि अर्को गर्दै बुटवल जेसीजका युवाहरु मानव सेवा आश्रममा भेला भए । सुरु भयो होली मिलन तथा सहयोग हष्तान्तरण कार्यक्रम । बुटवल जेसीजले होलीमा हुने फजुल खर्चलाई कटाएर होली मिलन कार्यक्रमसंगै सहयोग हष्तान्तरण कार्यक्रम गर्यो । यसको सुत्राधार हुनुहुन्थ्यो बुटवल जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी नरदेव न्यौपाने । बुटवल जेसीजको नेतृत्व सम्हाले लगत्तै फरक र प्रभावकारी कार्यक्रम गर्दै आउनु भएका उहाँले जेसीज आस्था अनुसार आफु अघि बढेको बताउनु भयो ।

मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो । जेसीज आस्थामा रहेको उक्त भावलाई शिरोधार्य गर्दै बुटवल जेसीजले मानव सेवा आश्रमलाई नगद दश हजार रुपैया सहयोग गरेको छ । बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेको अध्यक्षता, बुटवल जेसीजका पुर्व अध्यक्ष तथा वर्ष २०१९ का सल्लाहकार सिनेटर राजेन्द्र घिमिरे लगाएत पदाधिकारी तथा सदस्यहरुको उपस्थितीमा सम्पन्न भएको कार्यक्रममा न्यौपानेले उक्त सहयोग रकम मानव सेवा आश्रमलाई हस्तान्तरण गर्नु भएको हो ।

मानव सेवा आश्रमले घरबार विहीन ४० जना वुवाआमाहरुलाइ संरक्षण गरेको छ । ति वुवा आमाको मुहारमा खुसीको रङ भर्न सहयोग कार्यक्रमसंगै उहाँहरुसंग होली खेलेको अध्यक्ष न्यौपानेले बताउनु भएको छ । उहाँले भन्नु भयो ‘चाडपर्वमा हामीले रमाईलोको लागि खानपिन लगाएत अरुकुरमा धेरै खर्च गर्छौ तर त्यो रमाईलो एकै छिनमा हराएर जान्छ तर मानव सेवामा समर्पित हुदाँ आउने आनन्द दिर्घ कालिन हुन्छ । आज हामी मात्र खुसी भएका छैनौ मानव सेवा आश्रममा आश्रय लिनु भएका वुवाआमा पनि खुसी देखिनु भएको छ । उहाँहरुको मुहारमा छाएको खुसीको रङ नै वास्तविक होलीको रङ हो ।’
बुटवल जेसीजका महासचिव जेसी राजिव गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अपेक्षित उपलब्धि
होलीको अवसरमा घरबार विहिन वुवाआमासंग खुसी साट्ने र सहयोग हष्तान्तरण गर्ने हाम्रो अपेक्षित उपलब्धि थियो त्यो पुरा भएको छ ।

प्राप्त उपलब्धिहरु
    १.मानव सेवा आश्रममा रहनु भएका वुवाआमासंग होलि खेल्दा र सहयोग हष्तान्तरण गर्न पाउँदा युवाहरुमा सामाजिक उत्तरदायित्वको थप बोध भएको छ ।

    २.कार्यक्रममा उपस्थित जेसीज सदस्यहरुले आफ्नो जन्मदिन तथा शुभकार्यमा यसैगरी मानव सेवामा जुट्ने प्रतिवद्धता गरेका छन् ।

    ३. मानव सेवा आश्रममा होलि मनाउदा बेग्लै खुसी र रमाईलो भएको चन्दै कार्यक्रम स्थलमै जेसीज सदस्य तथा अन्य सहभागिले अध्यक्षज्यूलाई बधाई दिएका थिय ।
   
    सिकाई
    मानव सेवा गर्नु कति कठिन कार्य रहेछ भनेर हामीले मानव सेवा आश्रममा गएर बुझ्ने मौका पायौं । मानसिक स्थिती ठिक नभएका वुवाआमालाई त्यहाँक कर्मचारिले गरेको ब्यवहार र मायाले हामीलाई प्रभाव मात्र पारेन मानव सेवा निरन्तर जुट्न प्रेरणा पनि दिएको छ ।
    मुल्याङकन ः
    बुटवल जेसीजको सहयोग हष्तान्तरण तथा होलि मिलन कार्यक्रम हेरि सकेपछि सहभागि विभिन्न संघस्थाका प्रतिनिधिले अन्य संघसंस्थाले पनि बुटवल जेसीजले जस्तै यसैगरी कार्यक्रम गर्ने र पर्वहरु मनाउनु पर्ने मुल्याङकन दिएका छन् ।
    सुझाब तथा सिफारीस
    बुटवल जेसीजले विशेष गरि तालिमहरु सञ्चालन गर्ने हुदाँ ति मनोरोगी वुवाआमाहरुलाई विज्ञ प्रशिक्षकको ब्यवस्था गरि तालिम पनि दिए प्रभावकारी हुने सुझावहरु प्राप्त भएका छन् ।

JCI Events Archive